अपडेटः त्रिशुलीमा खसेको बसमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

धादिङ, ११ कार्तिक । राजविराजबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ बांगे मोडबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
ना ६ ख १४६७ नम्बरको सन्तोष ट्राभल्सको रात्री बस आज विहान करिब ५ बजेर ५० मिनेट जाँदा सडकबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा १६ जना घाइते भएका छन ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार दुर्घटनामा १० पुरुष, ९ महिला, ११ बालबालिकाको शव फेला परेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन । घाइते मध्ये २ जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ भने १३ जनाको गजुरी अस्पतालमा उपचार भैरहेको छ ।
राजविराजबाट यात्रु लिएर आएको रात्री बस हेटौंडामा आएर अर्को बसमा यात्रु हालेर पठाइएको थियो । बस र हराइरहेका यात्रु खोज्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिएको छ । बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने काम भैरहेको छ ।

No comments

Powered by Blogger.