नेपालको राष्ट्रिय झण्डाको साथमा रोनाल्डो

नेपालको विनाशकारी भूकम्पपछि ‘रोनाल्डो प्रकरण’ ले केही समय मिडिया निकै तताएको थियो । नेपालका मात्र होइन विदेशी मिडियासमेत यसमा मुछिएका थिए ।
शुरुमा रोनाल्डोले नेपालका लागि यति रुपैयाँ सहयोग गरेभन्दै मिडियामा निकै चर्चा कमायो तर पछि उक्त समाचार झुठो भएको खण्डन आएपछि निकै विवाद समेत भएको थियो ।
उनले रकम सहयोग गरे पनि नगरे पनि नेपालका भूकम्पपीडितका लागि सहयोग रकम जुटाउन भने उनी शुरुवातदेखि लागिरहेका थिए ।
सोमबार मात्र उनले पुनः नेपाल र पर्चुगलको झण्डासहितको तस्विर आफ्नो अफिसियल फेसबुकमा सेयर गर्दै नेपाली जनताको लागि सद्भाव प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘नेपाली जनताका लागि सकारात्मक विचार । नेपाल र पर्चुगलसँगै ।

No comments

Powered by Blogger.