पत्रकार ऋषि धमला कुटिए
बैद्य माओवादीले गरेको बन्दमा पत्रकार ऋषि धमला कुटिएका छन् । नेपालवाणी रेडियोबाट कार्यक्रम सकेर फर्किदै गर्दा बन्द कर्ताले उनी चडेको गाडी तोडफोड गर्दै धमलालाई कुटपिट गरेका छन् । रेडियोबाट कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला आफुमाथी आक्रमण भएको धमलाले बताए । उनी चढेको बा५च ४७७८ कार बन्दकर्ताले तोडफोड गरेका छन्। भने संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफुलाई बन्द विरोध भन्दै अपश्ब्द बोलेको समेत धमलाले बताए ।

Leave a Comment