नासाले फलायो अन्तरिक्षमा तरकारी
अमेरिकि अन्तरिक्ष संथा नासाले अन्तरिक्षमा हरिया तरकारीहरु फलाएर सबैलाई चकित तुल्याइदिएको छ। नासाले सन् २००२ देखि निरन्तर अन्तरीक्ष स्टेसनमा वनस्पती उमार्ने काम भैरहेको जनाएको छ । भेजी नामक प्रोजेक्टलाई सफल बनाउन अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा रहेका अमेरिकी अन्तरीक्ष यात्रीहरुले अन्तरीक्ष स्टेनमा तयार गरिएका विशेष क्याप्सुलभित्रै मुला, केराउ तथा सागसब्जी फलाएका हुन् ।सबैभन्दा पछिल्लो पटक जापानी साग मिजुना उमारिएको अन्तरीक्षमा हरियो वनस्पती उमारेर अन्तरीक्षयात्रीको मन बहलाउने तथा तनावमुक्त गराउने प्रयोजन समेत रहेको स्रोतको भनाई छ । विशेष रुपले तयार गरिएका क्याप्सुल बक्समा सागसब्जी उमार्ने योजनामा रहेका नासाले विकिरणका साथै गुलाबी, निलो तथा रातो एलइडी प्रकाशको समेत प्रयोग गर्ने बताएको छ । साथै उक्त क्याप्सुलमा बिउ उमार्नका लागि उपयुक्त तापक्रम सेट गर्ने गरिएको छ ।

Leave a Comment