दुई वटा कम्प्युटरलाई lan केवलले कसरी जोड्ने
यो बसाइमा म तपाईंहरुलाई एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा नेट्वोर्क केवलद्वारा डाटा कसरी सार्न सकिन्छ भनेर देखाउन चाहन्छु .
हामीलाई यो काम गर्न कम्प्युटर वा ल्यापटप अनी नेटवोर्क केवल आबस्यक पर्दछ ।
सबै स्टेपहरुलाई भने बमोजिम पछ्याउदै जानुहोस् ।
पहिलो कम्प्युटर :
स्टेप १: ओपेन " network and sharing center " मा जानुहोस् ।
स्टेप २: " Local area connection " मा क्लिक हर्नुहोस् ।
स्टेप ३: अब "proporties" मा क्लिक गर्नुहोस् ।
स्टेप ४: "Internet Protocal Version 4(TCP/IP)" मा डबल क्लिक गर्नुहोस् ।
स्टेप ५: "Use The following IP address" मा क्लिक गर्नुहोस् र Ip Address लेखेको ठाउमा 192.168.1.1 राख्नुहोस् अनी subnet mask मा क्लिक गरेर Ok बटन थिच्नुहोस् र बन्द गर्नुहोस् ।
दोस्रो कम्प्युटरमा पनि स्टेप ५ सम्म दुरुस्त सेटिङ गर्नुहोस् अनी IP address मा 192.168.1.2 राखेर माथिको जस्तै गरी बन्द गर्नुहोस् ।
अब दुई कम्प्युटरहरु आपसमा जोडीएका छन । फाइल सेयर गर्नका निम्ती हामीले ड्रिवे सम्म पहुच दिनु आबस्यक छ् , त्यसैले तलका निर्देशनहरु पालना गर्दै अगाडि बढ्नुहोस् ।
स्टेप १: "Computer" मा क्लिक गर्नुहोस् .
स्टेप २: "Local Drive(c or d or else)" मा राइट क्लिक गर्नुहोस् अनी "proporties" मा क्लिक गर्नुहोस् ।
स्टेप ३: "Sharing" ट्याबमा क्लिक गर्बुहोस् अनी क्रमश: " Advance Sharing" मा गएर share the folder मा ठीक चिन्ह लगाउनुहोस् ।
स्टेप ४: Permissions मा क्लिक गरेर full control मा चिन्ह लगाइ बन्द गर्नुहोस् ।
स्टेप ५: "Security" मा क्लिक गर्नुहोस् अनी क्रमश: Advance setting अनी Change Permissions अनी Add अनी Advance अनी Find Now बटन मा क्लिक गरेर everyone छान्नुहोस् ।
यदी यसमा समस्या आएको खन्डमा मलाई सोध्न सक्नुहुन्छ :
suraj.khanal@hotmail.com

Leave a Comment