नेपालीलाई एउटा चरम आनन्द आउँछ
बाबुराम जी ,
तपाइको नामको अगाडी डा. पनि लेखिन कारण जीवन दाता र नरसंहारकको भेद राम्ररी बुझ्न सक्छु , जसको लागि तपाइको जस्तो बिद्या बारिधि सायदै जरुरि नपर्ला |
धेरै विषयान्तर गर्न चाहान्न , आज तपाइँ सामु एउटा कटु सत्य जो यति बेला मलाइ पढिरहने सम्पूर्ण आँखाहरुले स्वीकार्न सक्छन त्यो तपाइले कहिल्यै स्वीकार्न नसकेको वा भनौ नचाहेको पाटोमा लिएर जाँदै छु | सामाजिक संजालहरुमा घण्टा घण्टामा भएका तपाईका पोस्ट र ट्वीट मुनिका प्रतिक्रिया तपाइको बर्तमान धरातल हो | तपाईका हरेक पोस्टमा तमाम सामाजिक संजाल प्रयोगकर्ता नेपाली हरुले के भनेर प्रतिक्रिया दिन्छन ? एकपटक हेर्नुहोस त ? अनि यो पनि सोच्नुहोस कि तपाइँ केको लागी संजाल प्रयोग गर्नुहुन्छ र सम्पूर्णले केका लागी गर्छन ?
तपाइका हरेक पोस्टका कमेन्टहरुमा ९९% जनमानसले आगो ओकल्छन ! तपाईलाई पोल्दैन ? अधिकांस मान्छेले तपाईलाई बोकोहराम भन्छन , फाँसी माग्छन तपाइको | “सत्र हजारको हत्यारा” यो वाक्य त कमन हो | देशलाई रुवान्डा बनाउने खलनायक , नेपाल सखाप बनाउने बिसयमा पी एच डी गरेको | जातीय युद्धको बिजारोपण गर्ने नाइके ,, यस्तै यस्तै |
तपाईलाई यस्तो लाग्दो हो मेरा विपक्षीहरु हुन लेखिहाल्छन | गलत , सत्यता मा पक्ष र विपक्ष हुदै हुन्न सत्य एक हुन्छ जो गवाह हुन तपाईका पोस्टका कमेन्ट हरु | र यदि बिपक्षी नै मान्नुहुन्छ भने पनि त्यसलाई म सहर्ष स्वीकार्छु | जब सत प्रतिसत तपाईका बिपक्षी छन् भने तपाइको औचित्य के ? तपाइँ असफल मात्र हैन मान्छेको श्रेणीबाट अवतरित भै सक्नुभयो यहि बुझे हुन्छ |
“सामाजिक संजालमा अथाह शक्ति हुन्छ “ तपाइकै पोस्टहरुमा तपाइले नै बमन गरेका शब्दहरु हुन यी | तपाईका पोस्टहरु अत्याधिक लाइक र सेयर हुन्छन मख्ख पर्नुहुन्छ सायद | तर ति तपाईका सकारात्मक सन्देस भएर मान्छेहरुले अनुसरण गरुन भनेर हैन , तपाईलाई गालि गर्न अरुलाई अवसर प्रदान गरिएको हो | एउटाले तपाईलाई बोकोहराम भन्यो भने त्यो कमेन्ट मै सयौको संख्यामा लाइक र प्रतिकमेंट तुरुन्त आउँछ | कारण नेपालीलाई एउटा चरम आनन्द आउँछ तपाईलाई गालि गर्न पाउँदा, यो बर्तमान समयमा कटु सत्य हो |
म यतिबेला खाडी मुलुकको ५० डिग्रीको रापिलो वातावरणमा पराइको गुलामी गरेर बचेको समयमा मेरो श्रम बेचेर पाएको पसिनाको कमाइको केहि अंशबाट खरिद गरेको मोबाइल डाटाबाट तपाइलाई यो संदेश लेखिरहेको छु ! तपाईका कुटिल राजनैतिक नियति भोगेर मरुभूमिमा बेचिएका लाखौँ युवाहरु त्यस्तै श्रम पसिनाको कमाइ बाट इन्टरनेट चलाएर मलाइ पढिरहेका छन् | यी अंशहरु एकत्रित गर्ने हो भने सायद हाम्रो देशको कुनै एक परिवारको जीविका चल्छ हरेक दिन | जुन तपाइलाई सत्तो सराप गर्दा हरेक दिन एउटा परिवार गरिबीको रेखामुनी भासिरहेको छ | यसरि हेर्दा तपाइँ म र म जस्ता लाखौँ युवाका प्रत्यक्ष ऋणी हुनुहुन्छ | त्यसो त तपाईं मात्र हैन बर्तमान नेपालको राजनीतिमा सबै सिंगो झुण्ड नै ऋणी छ | त्यसैले त हामि भन्छौ “ छ सय एक गधा हरु “| तर बढी तपाईंमै निहित छु म , र लाखौंको प्रतिनिधि पात्र पनि बन्न सक्छु |
त्यो समय जुन समयमा नौलो जनबाद र बर्गीय समानताको मुद्धा उठ्यो जायज थियो | जातीय विभेदको मुद्धा सर्व स्वीकार्य थियो | २४० बर्षे जहाँनिया राणा सासन समय चक्रको प्रवाहमा टुट्यो भने ति अति सुक्ष्म मुद्धाहरु थिए | चेतना संगै निश्चयनै बदलिने थिए | जनयुद्ध रोज्नुभयो त्यहींनेर चुक्नुभयो | सफल पनि भएको भ्रान्ति भयोहोला , तर सफलताको कुन धरातल मा हुनुहुन्छ दुइवटा अनुच्छेद माथि फेरी पढे हुन्छ तपाइले |
“गर्छौ पाप खोज्छौ पुण्य जान्दैनौ कर्मको गति
रिठ्ठोको बिरुवा रोपेर कहाँ फल्छ र कागती ?”
पाँच वटा बिषयमा बिध्याबारिधि गर्नुभएको तपाइले यो कुरा कतै पढेको / सुनेको हुनुहुन्छभने सबैभन्दा बढी चरितार्थ तपाइँ मै हुन्छ भन्दा अतियुक्ति नहोला | जब जब नेपाली युगले परिवर्तनका बिकाश क्रम हरुलाइ आत्मसाथ गर्ने बेला हुन्छ तब हेरक कालखण्डमा तपाईंहरु जस्ता भाँजो हाल्ने खलनायकको जन्म हुन्छ र मुलुक बिपरित दिशातिर गइरहेको छ | जहाँबाट जातियता र धार्मिकताको अत्यन्तै संबेदनशील बिषयले प्रसय पायो वा भनौं सोझा सिदा जनमानसमा यो अफवाह फैलाउनु भयो त्यहींबाट मुलुक विकाश र निकासको मार्गमा स्वयम् पर्खाल भएर उभियो | तपाइँ हरेक अन्तर्वार्तामा , कुराकानीमा भन्नुहुन्छ कि “ म प्रधानमन्त्री भएको बेलामा मलाइ राम्रोसंग काम गर्न दिईएन “ इतिहासलाई फर्केर हेर्दा तपाइँ पाँच सय त्रिसठ्ठी दिन प्रधान मन्त्रि बन्नु भयो र च्युत हुनुभयो | सायद त्यो समय मुलुकको भाग्य दर्बिलो रहेछ भन्ने यतिबेला प्रस्ट बुझ्न सकिन्छ| यदि अरु केहि समय सत्तासिन हुनुभएको भए सायद यतिबेला मुलुक रुवान्डा र हाइटी बनिसक्ने पक्का रहेछ |
भर्खरै कैलालीको नरसंहार हुनु अघि तपाइले फुकेको ट्वीटले अझ प्रस्ट र पूर्ण रुपले चिनायो | घटना पछाडिका अभिब्याक्तिले यस्तो लाग्यो थोरै बचेको लाज ढाक्ने बस्त्र खोलेर अनुहार पनि छोप्नु भयो | तर पत्थर अनावरण हुँदा कसैले धक मानेनन् किनभने समबेदना हिन र संबेदनसिलको कुनै तालुक्यता हुन्न | यो बुझ्नलाई पनि सायद बिध्याबारिधि गर्नु जरुरि नहोला |
बाबुराम जी ,
त्यसो त यीनै करोडौं नेपालीहरु हुन , जो यहि संजालमा अति सौम्य , भद्र , आशाबादी पनि छन् | जो अथाह सद्भाव र अनुसरण पनि गर्न सक्छन | यहाँनेर केहि नामहरु लिन्छु , रास्ट्र सेवक रमेश खरेल , महानायक राजेश हमाल , मह जोडी , मन्त्रि लालबाबु पण्डित , डाक्टर गोविन्द केसी र निरन्तर असफल राजनैतिक र खोक्रो गणतन्त्र को अवनति लाइ खुट्किला बनाएर जनताको मौन स्वीकृतिमा उचाई चुमिरहेकी हिमानी शाह | यी उल्लेखित नामहरुको पोस्ट / पेज एकपटक खोलेर प्रत्रिकृयाहरु हेर्नुहोस | त्यहाबाट पनि तपाईंको वास्तविक धरातल थाहा हुन्छ | ति मान्छेहरु कुनै ग्रह उपग्रहबाट आएका हैनन् तमाम नेपाली जनताहरु नै हुन | सहि र गलत छुट्याउने चेतना छ मान्छेहरुमा |
यहाँनेर बडो खेद्साथ भन्छु , पूर्वार्धको पहिलो चरणमा कम्युनिजम र माओवादको म पनि एउटा चेत समर्थक थिएँ | तर समयले सहि समयमै मेरो चेतभंगता हुन दिएन | तसर्थ: आजसम्म विखण्डित र आतंकित छायाँबाट बच्न सफल भएको छु | र यो तातो मरुभूमिबाट ठण्डा दिमागले मैले सकेजति तपाईलाई अनावरित बिस्लेसन गरिरहेको छु | मेरो आसय तपाईलाई नंग्याउनु पटक्कै हैन , नाङ्गो त पहिरन भएकोलाई मात्र बनाउन सकिन्छ | म तपाईका ट्विट र पोस्ट पटक्कै हेर्दिन भन्दा पनि हुन्छ तर प्रतिक्रिया चाहिं प्राय छुटाउदिन , जसबाट तपाईलाई हैन तपाइको चरित्र लाइ राम्ररि बुझ्न सकिन्छ |
अन्त्यमा,
गैंती र बेल्चा समाउने यी मजदुरका खस्रा हातहरुले पराया भूमिबाट देस चलाउछु भन्ने लगाम बिनाको अहंकारको घोडा दौडाएर हिड्ने एउटा बिद्वान मुर्खलाई तबेला भन्दा सुरक्षित ठाउँ कुनै बचेको छैन भन्ने संदेशको रुपमा लिनुभए नजिकैको दुर्घटनाबाट बच्नु हुने थियो भन्ने धारणा मात्र हो मेरो | यसलाई तपाईका सम्पूर्ण पोस्टहरुका एकमुस्ट प्रतिक्रिया भनेर बुझ्नु भए झन् उत्तम हुनेछ | र तपाइँ तपाइको नितान्त ब्याक्तिगत जीवनभन्दा बाहिर सम्पूर्ण नेपालि जनमानसमा पूर्ण असफल हुनुभएको छ भन्ने तितो यथार्थलाई यतिखेरै स्वीकार गर्नुहोस | किनभने “ उज्यालो चाहिँदा धुरी जलाउने र अँध्यारो चाहिँदा आँखा फुटाउने “ मान्छेले परिवर्तनको बागडोर गुफा सम्म मात्र पुर्याउन सक्छ
by:विजय योजीत स्वतन्त्र खबर बाट साभार गरिएको
Leave a Comment