मंगल ग्रहलाई पृथ्वीजस्तै बनाउन परमाणु बम खसाल्नुपर्ने



मंगल ग्रह मानिसका लागि बस्नयोग्य रहेको कुरा धेरै पहिला पत्ता लागेको हो । पछि मंगलमा बस्ति बसाउने योजनाले पनि समय समयमा चर्चा पाइरहन्छ । यसैबिचमा प्रविधिको क्षेत्रमा महान हस्ती मानिने एलेन मस्कले मंगल ग्रहलाई मानिस बस्न योग्य बनाउने हो भने मंगलमा परमाणु बम खसाल्नुपर्ने बताएका छन् ।

मस्कको कम्पनि स्पेसऐक्सले अन्तरिक्षमा जाँदा प्रयोग हुने बस्तुको उत्पादन गर्ने गर्छ । मस्कले मंगलमा परमाणु बम खसाल्ने हो भने त्यहाँको तापक्रम बढ्ने र केहि समयमानै मंगल पृथ्वी जस्तै हुने तर्क दिएका छन् ।

उनले यस्तो कुरा सार्वजनिक गरेपछि दुइथरी बहस शुरु भएको छ । कतिपयले यो हावादारी कुरा मानेका छन् भने कतिपयले तर्कसंगत कुराको रुपमा लिएका छन् ।

No comments

Powered by Blogger.