परराष्ट्रमन्त्री थापा र भारतीय प्रधानमन्त्री मोदीवीच भेटघाट, रक्सौल बाहेक नाकाबाट निर्यात बढाउने आश्वासन

कात्तिक २, काठमाडौं ।
परराष्ट्रमन्त्री कमल थापा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच नेपालमा भारतले लगाएको अघोषित नाकाबन्दीबारे छलफल भएको छ । भारतीय प्रधानमन्त्री निवास रेसकोर्समा भएको छलफलमा मोदीले सहज भएको नाकाबाट निर्यात बढाउने आश्वासन दिनुभएको छ । तर वार्तामा रक्सौल नाका सुचारु गर्ने बिषयमा कुनै छलफल नभएको भेटमा संलग्न एक अधिकारीलाई उद्धृत गर्दै हाम्रा नयाँ दिल्ली सहकर्मी देवेन्द्र भट्टराईले जनाएका छन् ।
मोदीले अरु राजनीतिक समस्या समाधान नगरी सम्वन्धको सबै आयाम फराकिलो हुन नसक्ने जवाफ दिएको भेटमा संलग्न अधिकारीले बताएका छन् । जवाफमा मन्त्री थापाले आन्तरिक समस्या मिलाउनका लागि सरकारले संवाद र समझदारी अघि बढाएको बताउनुभएको थियो । छलफलपछि कान्तिपुरसँग कुरा गर्दै परराष्ट्रमन्त्री थापाले तिहारपछि हुने भनिएको प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा बाँकी रहेका बिषयमा कुराकानी हुने बताउनुभयो । 

No comments

Powered by Blogger.