ठूलो दुर्घटनाबाट नेपाल एयरलाइन्सको एयरबस जोगियो
नेपाल एयरलाइन्सको एयरबस हङकङमा दुर्घटनाबाट बचेको छ। नेपाल एयरलाइन्सको एयरबस ए ३२०–२०० जहाज हङकङबाट उड्ने बेलमा विमानमा प्वाल परेको थाहा भएपछि गम्भीर दुर्घटनाबाट बचेको हो। स्थानीय समयअनुसार साँझ सवा ७ बजे हङकङ इन्टरनेसनल विमानस्थलबाट उड्नुपर्ने भएपनि जहाज उड्ने बेलामा प्वाल परेको थाहा भएको थियो।खाना पुर्याउन आएको गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको विमान चालक क्याप्टेन विजय लामाले जानकारी दिएका छन्।
उड्ने तयारी गर्दा क्या. लामाले जहाजमा भ्वाङ परेको पत्ता लगाएका थिए। यदि जहाज उडेको भए प्वालबाट जहाजभित्र हावा पसेर ठूलो दुर्घटना हुन सक्थ्यो। विस्तृत विवरण आउन बाँकी छ
Leave a Comment