भूकम्प गएको सात महिनापछि लाप्राकमा सौर्य उर्जाबाट बिजुली
गोरखा, कात्तिक १४ । भूकम्प गएको सात महिनापछि गोरखाको लाप्राक गाउँमा बिजुली बलेको छ ।
पन्ध्र किलोवाटको लिस्याङ्पुक खोला लघुजलविद्युत् आयोजना मर्मत सम्भार भएपछि गाउँको हरेक टहरोमा बिजुलीवत्ती बलेको स्थानीय धनबहादुर गुरुङले जानकारी दिए ।
उक्त आयोजना भूकम्पले गर्दा बिग्रेको थियो । तत्कालका लागि प्लेनपातालाई बेरेर पानीको पाइप बनाएर काम चलाइएको छ । यसरी मर्मत गर्दा पनि रु पाँच लाख रुपियाँ ऋण लागेको गुरुङको भनाइ छ ।
अहिले उत्पादन गरेको विजुली लाप्राकको पुरानो गाउँका घरमा जडान गरिएको छ । भग्नावशेष जीर्णोद्वार गरेर ठड्याइएको घरमा राखिएको अन्न मुसाबाट जोगाउन घरमा बत्ति बाल्नु अनिवार्य भएको गाउँलेको भनाइ छ ।
भूकम्पपछि लाप्राकीहरु गुप्सीपाखामा टहरो बनाएर बस्दै आएका छन् । गुप्सीपाखामा भने बिजुली सुविधा नभएकोले सौर्य ऊर्जाबाट बत्ती बालिएको गुरुङले बताए ।
गुप्सीपाखामा बिजुली पु¥याउन २६ किलोवाटको नाङ्कोहोङ लघु जलविद्युत् आयोजना मर्मत गर्न लागिएको स्थानीयले बताएका छन् । उक्त आयोजना पनि हालैको भूकम्पले बिग्रेको छ । आयोजना मर्मतका लागि वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रसँग आर्थिक सहयोग माग गरिएको उनले बताए । लाप्राकमा ४९५ टहरो छ ।

Leave a Comment