आदित्य दाहाललाई अमेरिकामा सम्मान

‘गुगल ब्वाय’का रूपमा परिचित आदित्य दाहाललाई लस एन्जल्सस्थित श्री पशुपतिनाथ फाउन्डेसनमा आज सम्मान गरिएको छ।

विसं २०६७ साउन ७ गते शेषराज दाहाल र ईश्वरा दाहालको पहिलो सन्तानका रूपमा जन्मिएका आदित्य उपचारका क्रममा यहाँ छन्। नेपाल सरकारको खर्चमा उनको हाल अमेरिकामा उपचार भइरहेको छ ।

आदित्यको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्दा उनका शेषराजले आदित्य संरक्षण प्रतिष्ठानमा बुझ्न आग्रह गरे।

हेर्दा स्वस्थ देखिने आदित्यको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि रोग पत्ता नलागेका कारण अमेरिकाका ल्याइएको हो ।

No comments

Powered by Blogger.