चीनबाट तत्काल प्राप्त हुने इन्धन रसुवागढी–केरुङ नाका हुँदै ल्याइने
भारतको नाकाबन्दी पछी देखिएको इन्धन अभाबको विकल्प खोज्न सरकारले चिन बाट इन्धन ल्याउनका लागि गरेको प्रयास उपलब्धीमुलक बनेको छ।
इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीनले एक हजार मेट्रिक टन (दस लाख लिटर) इन्धन अनुदान दिन लागेको हो। उक्त इन्धन मंगलबार नेपाल भित्रिने स्रोतले जनाएको छ।
दीर्घकालीन विकल्पका लागि समेत चीनको वाणिज्य मन्त्रालयसँग सम्झौता गर्ने सरकारले आन्तरिक तयारी गरेको छ। त्यसपछी औपचारिक रूपमा चीनबाट तेल ल्याउने बाटो खुला हुनेछ। वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनबाट तत्काल प्राप्त हुने इन्धन रसुवागढी–केरुङ नाका हुँदै ल्याइने छ।
नेपालले उच्चस्तरिय तहबाट चिनबाट पेट्रोलियम ल्याउन गरेको औपचारिक प्रस्तावले बल्ल चिनबाट नेपालमा तेल ल्याउन सहज हुने बताउदै चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले ‘नेपालले ठोस प्रस्ताव नपठाएकाले अन्योल थियो। अब प्रक्रिया अघि बढ्यो। दिगो समाधानको पहलसमेत हुनेछ’ भनेका छन। चीनले वैकल्पिक समाधानको ठोस प्रस्ताव मागेको भन्दै काठमाडौं आएका राजदूत मास्के यहाँ घर बिदामा छन। उनी नेपाली टोलीको नेतृत्व गर्दै चीन जाने तयारीमा छन।
स्रोतले दिएको जानकारी अनुसार परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यममार्फत शनिबारै चीनलाई औपचारिक पत्र पठाएको छ। पत्र सोमबार चीनको वाणिज्य मन्त्रालयमा पुगेलगत्तै कारबाही प्रक्रिया अघि बढ्ने स्रोतले जनाएको छ।
अनुदान स्वरूप चीनबाट आउन लागेको हजार मेट्रिक टन इन्धनमा पेट्रोल, डिजेल वा अन्य के हुनेबारे मन्त्रालयले नखुलाएको वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले जानकारी दिएका छन। स्रोतले दिएको जानकारी अनुसार चीनबाट आउने इन्धनमा सबैभन्दा बढी पेट्रोल रहने छ।
तेलको सहज आपूर्तिका लागि नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनबीच सम्झौता हुने मन्त्रालयले जनाएको छ। मन्त्री पुनले ‘चाइना नेसनल पेट्रोलियम कर्पोरेसन्ससँग सम्झौता गरेर मात्रै इन्धन ल्याउने छौं,’ भनेका छन।
एमाअोवादिले पाएका सबै मन्त्रालय सम्हाल्न इञ्चार्जको जिम्मेवारी पाएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आइतबार वा सोमबारभित्रै सरकारी टोली चीन जाने बताउदै ‘चीनबाट ल्याउने भन्नेबित्तिकै भारतलाई चटक्कै छोडेको होइन। भारतसँग पनि कूटनीतिक पहल गरेर भएका असमझदारी सल्टाउँदै सहजता ल्याउनु जरुरी छ। समस्या नै परेपछि विकल्पमा लाग्नु स्वाभाविक हो।’ भनेका छन। उनले भारत सँग सहमतीका लागि कुरा चलिरहेको भए पनि भारत आफ्नो अडानबाट पछाडि नहटेकाले समस्या बढेको बताएका छन।
साताअघि सुचारु भएको रसुवा–केरुङ नाका सुख्खा पहिरोका कारण बाटो पुन: अवरुद्ध भएकाले आयातमा ढिलाइ भइरहेको छ। ३/४ दिनयता बाटो पुन: अवरुद्ध भएकाले समस्या आएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। पहिरो तिब्बतपट्टि भएको र खोल्ने प्रयास भइरहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।
पेट्रोलियम डिलर्स एसोसिएनका अध्यक्ष लिलेन्द्र प्रधानका अनुसार मुलुकमा करिब १४ सय टयांकरबाट इन्धन ढुवानी हुन्छ। चीनबाट एक हजार टन इन्धन ल्याउनु मुलुकको हित हुँदैन। उपत्यकामा दैनिक ३ सय ५० किलोलिटर पेट्रोल र साढे ४ सय किलोलिटर डिजेलको माग छ। उनले भने, ‘एक हजार टन इन्धन आयात भए पनि करिब ३/४ दिनका लागि मात्रै हो।’ अहिले देखिएको समस्या दीर्घकालीन रूपमा समाधान गर्न चीनसँग वाणिज्य सन्धि गर्नुपर्ने उनको भनाइ छ।

Leave a Comment