सल्लोको खोटोबाटै मोटरसाइकल सरर...
दाङ, २ कात्तिक, पेट्रोलियम पदार्थको अभाव भइरहेका बेला यहाँका एक व्यक्तिले त्यसको विकल्पमा जैविक इन्धन पेट्रोल बनाएका छन् । दाङको घोराही–११ निवासी युवा वैज्ञानिक मार्सल रोकाले सल्लोको खोटोलाई प्रशोधन गरी जैविक इन्धन पेट्रोल बनाएर मोटरसाइकल चलाएका छन् ।
रोकाले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी सल्लोको खोटोलाई प्रशोधन गरी बनाएको जैविक पेट्रोलबाट मोटरसाइकल सञ्चालनको प्रदर्शनसमेत गरेका छन् ।
रोकाले घोराहीको पत्रकार महासङ्घको कार्यालयदेखि मोटरसाइकल चलाई बजार परिक्रमा गरेका थिए । रोकाले बनाएको सल्लोबाट निर्मित इन्धनको प्रयोगशाला परीक्षण हुन बाँकी रहे पनि यसलाई पेट्रोलको विकल्पमा प्रयोग गर्न सकिने देखिएको छ ।
इन्धन निर्माता रोकाले यो पेट्रोलभन्दा सस्तो पर्ने र माइलेज पनि पेट्रोलको तुलनामा बढी दिने बताउनुभयो । रोकाले सरकारले इन्धन उत्पादनका लागि इजाजत दिई प्रोत्साहन गरे इन्धन उद्योग सञ्चालन गर्न सकिने दाबी गरेका छन् ।
रोकाले जैविक इन्धनसहित, ब्रेथलाइजर, मेटल डिटेक्टर, बम डिस्पोजललगायतका ३७ वटा आविष्कार गरिसकेको बताएका छन् ।रासस

Leave a Comment