यो हो बिश्वकै धनी गाई

काठमाडौं, असोज १८ । तपाँइले अहिले सम्म सबैभन्दा धनी मानिसको बारेमा त बारम्बार समाचार पढ्नुभएकै होला । तर आज हामी तपाँइलाई संसारकै धनी गाइको बारेमा बताउदै छौ । यो गाईको पुरा नाम ईस्टसाइड लेविसडेल गोल्ड मिस्सी हो । छोटकरीमा यसलाई मिस्सी भनिन्छ ।

क्यानडाका एक कृषकले पालेको  मिस्सी उत्तर अमेरिकामा पाइने  हॉल्स्टीन जातको हो । यो गाइले अमेरिका भर आयोजना हुने पशु प्रतियोगीतामा धेरैपटक पहिलो स्थान हासिल गरिसकेको छ । हालै यो गाईको लिलामी गरिएको थियो ।

लिलामीमा यो गाईको लागि सर्वाधिक ३२ करोड ३० लाख रुपियाँ बोलि लागेको थियो । यो गाईको खुवी यो छ कि यसले निश्चित अवधीमा झण्डै १० हजार लिटर दुध दिन्छ ।

No comments

Powered by Blogger.