दाङमा पेट्रोल खानीको संभावना

दाङको फूलवारी गाविस–६ बखरीयामा रहेको पेट्रोल खानीको पुनः उत्खनन् गर्न दाङवासीले सरकारसँग माग गरेका छन्। स्थानीय पत्रकार देवीराम कुसारीका अनुसार खानी तथा भुगर्व विभागले २०२८ सालमा उत्खनन् गर्दा बखरीयामा ९५ प्रतिशत पेट्रोल भएको प्रमाणित भएको थियो ।
सोहि तथ्यलाई आधारमान्दै बखरियाको पेट्रोल खानीका जानकार, स्थानीय जेष्ठ नागरिक हरीभक्त भण्डारीले तत्कालिन समयमा भारतको दवावमा रोकिन पुगेको पेट्रोल खानीको पुनः उत्खनन् गरिनुपर्ने वताए ।
दाङको तुलसीपुरदेखि दक्षिण झन्डै १२ किलोमिटरको दुरीमा रहेको बबई किनारको उक्त बखरीया गाउँमा खानी भएको प्रमाणित भएपछि ३० को दशकमा त्यहाँ दुईवटा अत्याधुनिक भवनहरु निर्माण गरी मेसिन समेत जडान गरिएको थियो ।
उक्त खानी उत्खनन् गर्दा विशेष भूमिका निर्वाह गरेका भण्डारीले तत्कालिन समयमा खानी वाट पेट्रोलको ग्यास निस्किएको जानकारी दिए । भन्डारीले भने ‘ २०२८ सालमा खानी उत्खनन् गर्दा पेट्रोलमा पाइने तत्व फेला परेको थियो । उत्खननको क्रममा खानीवाट निस्कको पानीले जमिन र हरियो घास डढ्ने गथ्र्याै ।’
भण्डारीका अनुसार खानी खन्ने क्रममा वखरीया आसपासको क्षेत्रमा ग्याँस खानी भएको पत्ता लागेको प्राविधिकहरुले वताएका थिए ।अनुधानका क्रममा उरहरीको क्वाङ खोला देखी सुकौराको पूर्वी ईनार सम्म ग्यास खानीको सम्भावना रहेको औंल्याइएको फूलवारी –६ बखरिया निवासी ७८ वर्षिय भूपाल वस्नेतले बताए । बस्नेत बखरीयामा पेट्रोल उत्खननका लागि निर्मित  खानीको १५ वर्ष सम्म गोदाम प्रमुख भएर काम गरेका व्यक्ति हुन ।
वखरीयामा पेट्रोल खानी रहेको चर्चा गर्दै उनले थपे ‘फेरी यसको उत्खनन्मा राज्यले ध्यान दिनु जरुरी छ । उरहरीको सुकौरा स्थित प्राकृतिक जरुवाको पानीमा ३०को दशकमा जापानी इन्जिनियरले परिक्षण गर्दा आगो लगको  आफ्नै आँखाले देखेको हुँ ।’
पेट्रोल खानीकालागि प्राविधिक टोलिसंगै आफूले काम गरेको  जानकारी दिँदै बस्नेतले भने ‘ तत्कालिन समयमा पेट्रोल उत्खनन् मेसीनका प्रमुख श्यामकृष्ण खड्काले आफुलाई तिमीहरु त भाग्यमानी रहेछौं,तिम्रो घरको आँगनमै पेट्रोल निस्कने भयो भनेको  आजै जस्तो लाग्छ ।’

भुगोल विषयका सह– प्रध्यापक देवनारायण चौधरीले दाङमा कोइला खानी चालु रहेको, सिमेन्टको लागि चुन ढुङ्गाको अथाहा भन्डार रहको,देउखुरीमा सुन खानीको उत्खनन् जारी हरेको, तामा खानीको पनि सम्भावना भएकोले बबईको समथर भूभाग वखरीयामा पेट्रोल खानीको प्रवल संभावना छ ।
जमिनको सतह कम उचाइको हुने स्थानको भित्री भागमा पनि गहीरो हुने र सो गहीरो ठाउँमा पृथिविको चापका कारण उत्पन्न हुने मिथेन ग्यास र अन्य ग्यासको भण्डार हुने समभावना चौधरीले औंल्याए । उनले दाङ बखरियाको पेट्रोल खानीको राज्यले पुनः उत्खनन् गर्नुपर्ने वताए ।
   
भारतका कारण बखरियाको उत्खनन् रोकियो –स्थानियहरु
२०३० को दशकाम दाङ फूलवारी –६ बखरीयास्थित पेट्रोल खानी उत्खनन् भइरहेको स्थानको निरीक्षण र अवलोकनकालागि तत्कालिन राजा विरेन्द्रपनि बखरीया पुगेका थिए । उनले पनि उत्खनन्मा खटिएका प्राविधिक देखि इञ्जिनियरसंग सोधपुछ पछि स्थानीयहरुलाई बधाई दिएका थिए ।
बखरीयामा खानी सफल हुने कुराले बखरिया वासी खुसी बनेका थिए । तर खानी भएको करिव पक्का भए पछि भारतले पटक÷पटक नेपाललाई पत्राचार गर्दै उत्खनन् रोक्न दवाव दिएको जानकारहरु वताउँछन् ।
स्थानिय जेष्ठ नागरिक तथा खानीवारे जानकार हरीभक्त भण्डारीका अनुसार दाङको वखरीयामा पेट्रोल खानी सफल भए भारतको  उत्तर प्रदेशको खानीलाई असर पर्ने भन्दै काम रोक्न दवाव दिइएको थियो ।    भारत सरकारले पटक पटक खानीको काम रोक्नलाई पत्राचार गर्दा समेत उत्खनन् नरोकिएपछि तत्कालिन समयमा समेत भारतले रुपैडिया नाकामा नाकावन्दी गरेको भन्डारी बताउँछन् ।
उत्खनन्का लागि मेसिनमा आवश्यक इन्धनको अभाव हुनु, दाङ र वाँकेमा इन्धनको अभाव सृजना गरिनु, सोही समयमा खानी खन्ने जिम्मा लिएको भारतीय कम्पनीले मेसिनको  ड्रिल फस्यो भन्दै काम रोक्नुले षडयन्त्र पूर्वक उत्खनन् रोकिएको जानकारहरु वताउँछन् ।
खानीको काम नाटकिय ढंगले रोकिएपछि तत्कालिन खानी तथा भुगर्व विभागका विभागिय प्रमुख दिनेश भट्टराईले स्थानीयवासीहरु संग खानी सफल हुन नदिन ठूलो षड्यन्त्र भएको दुखेसो पोखेको स्थानीयहरुलाई उद्धतगर्दै पत्रकार देवीराम कुसारीले बताए ।
नाटकिय ढंगवाट रोकिएको उत्खनन् फेरि संचालन हुने आशामा खानी उत्खनन्का लागि ल्याइएका औजार, मेसिन तथा सामाग्री १५ वर्ष सम्म बखरियाको गोदाममा राखिएको थियो । तर समस्या समाधान नभएपछि २०४२÷०४३ मा गोदाम संरक्षणको अभावमा जिर्ण भएपछि  खानी उत्खनन् गर्ने र इन्धन निकासा गर्ने सपना पूर्ण रुपमा ध्वस्त भएको पत्रकार कुसारीले बताए ।
तर पत्रकार कुसारीका अनुसार पछिल्लो समय भारतले आधा महिना वढी समय नाकाबन्दी गरेपछि फेरि स्थानियबासीले फूलवारीको बखरीया स्थित पेट्रोल खानीको उत्खनन्को   माग गर्न थालेका छन् । उनीहरुले भारतको दवावमा तत्कालिन समयमा उत्खनन्को काम वन्द भएको भन्दै अब राज्यले उत्खनन् गरी आफ्नै देश भित्रका खानीहरुको पहिचान गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।
२०२७ सालमा पेट्रोल खानी उत्खनन्मा सहयोग पुगोस भनेर स्थानीय भूपाल वस्नेत र उनका वावु नरवाहदुर वस्नेतले  तत्कालिन उरहरी गाउँ पञ्चायतका प्रधान इश्वरीप्रसाद उपाध्यायको आग्रहमा आफ्नो जग्गा खानीको नाममा नामसारी गरिदिएका थिए ।
त्यसको लगतै जापानबाट  झिकाइएका इन्जिनियर सहित  खानी तथा भुगर्व विभागको टोली बखरियामा आएर उत्खनन्को काम शुरु गरेको थियो । जग्गादाता भूपाल वस्नेतले भने ‘तत्कालिन समय बखरिया झिमिली वन्न पुगेको थियो , एक खालको वजारकै रुपधारण गरेको थियो ।
अस्थाई र स्थायी संरचना पनि निर्माण गरिएका थिए तर,नाटकिय ढंगले सबै काम रोकिन पुग्यो ।’ बखरियामा हाल जिर्ण अवस्थामा रहेको भवन पनि सोही समयमा निर्माण भएको गोदाम घर हो । बस्नेतले करिब १५ सय फिट गहिरो खनि सकेपछि  खानी भएको ९५ प्रतिसत प्रमाणित हुँदा काम एकाएक रोकिनुले आश्चर्यमा परेको वताउँछन् ।
उनले थपे ‘खानी भएको पक्का भएपछि नै मलाई बखरियामा खानी तथा भुगर्व विभागका कर्मचारीको बैठकले मलाई खानीको गोदाम प्रमुखका रुपमा नियुक्त गरिएको थियो ।
(source:setopati)’  

No comments

Powered by Blogger.