सांसद बन्न सात करोड बुझाएको भन्दै सजिलै राजीनामा नदिने गोल्छाको भनाइ

कात्तिक ७, काठमाडौं। ब्यापारिक घराना गोल्छा परिवारबाट एमालेबाट सांसद निउक्त भएकी राज्यलक्ष्मी गोल्छाले एमालेले राजीनामा मागेर आफ्नो अपमान गरेको भन्दै संचार माध्यममा मुख खोलेकी छिन। प्रधानमन्त्री निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न नआएको र मधेसबादी दललाई साथ दिएको भन्दै केही दिन अगाडि एमालेले गोल्छाको रजिनामा मागेको हो।

एमालेलाइे अहिले सम्म आफुले सात करोड माथि सहयोग गरेको र आफ्नो राजीनामा मागीनुको कारण स्पस्ट नहुँदा सम्म सांसदबाट राजीनामा नदिने संचार माध्यमलाई अन्तर्वाता दिने क्रममा बताएकी छिन।

आफ्ना पति स्वर्गीय महेन्द्रकुमार गोल्छाले एमालेमा गरेका आर्थिक–सामाजिक लगानीका कारण आफू सांसद चुनिएको उनको दाबी गर्दै गोल्छाले आफु सिकिस्त बिरामी भएका कारणले प्रधानमन्त्री निर्वाचनमा मतदान गर्न आउन नसकेको स्पष्टिकरण दिएकी छिन। उनले आफु बिरामी भएर आउन नसकेको तर पार्टीको आन्तरिक राजनीतिक कारणले गर्दा आफ्नो राजीनामा मागिएको बताएकी छिन।

आफु बिरामी रहेको खबर बिद्या भण्डारी लगायतका पार्टीका उच्च अधिकारी र प्रमुख सचेक समेतलाई बारम्बार जानकारी गराएको तर आफुलाई मधेसबादी दल सँग जोडेर आरोप लगाइएको गोल्छाले बताएकी छिन।

अन्तर्वाताको क्रममा गोल्छाले आफुले एमालेलाई सात करोड बढी सहयोग गरेको भन्दै एमाले पुर्व अध्यछ तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले सभासद बन्नका लागु आफुसँग ५ करोडको माग गरेको खुलासा गरेकी छिन। त्यस्तै एमालेका गोविन्द थापालाई १ करोड रुपैयाँ भन्दा बढी सहयोग गरेको बताएकी छिन।

आफुले संचार माध्यममा बोल्न नचाहेको तर आफुलाई बाध्य पारीएको बताउदै उनले युवा संगठनका भूपाल राई, परशुराम बस्नेत र निरु पाललगायतलाई ६२ लाख रुपैयाँ दिएको बताएकी छिन। त्यस्तै विनोद ढकाललाई २५ लाख रुपैयाँ, राजविराजका सुमन प्याकुरेल र उनकी छोरी सुज प्याकुरेल, उनकै छोरा सुयसको घरमा केपी सर गएकै बेला विनोद ढकालहरुले बार्गेनिङ गरेर ५० लाख रुपैयाँ, ऋषि पोखरेललाई १० लाख रुपैयाँ दिएको खुलासा गरेकी छिन।

त्यस्तै उनले केपी ओली प्यानलका गोविन्द थापा, सुमन प्याकुरेल, गोविन्द ढकालहरुले महिलाको व्यवसायिकीकरण गर्ने गरेको आरोप पनि लगाएकी छिन। साथै झलनाथ खनाललाई एकजना राईथरका भाईमार्फत आर्थिक बाहेक उनको निर्वाचन क्षेत्रमा इलाम जानआउन कति सहयोग गरे भन्ने लेखाजोखा आफुसँग नरहेको पनि बताएकी छिन।

त्यस्तै सहयोग गर्ने क्रममा ईश्वर पोखरेल लगायत गोकर्ण विष्टलाई १० रुपैयाँ लाखभन्दा बढी, विद्या भण्डारीलाई २५ लाख रुपैया, गंगाधर तुलाधरमार्फत माधव नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको बताएकी छिन।

एमालेका धेरै नेता तथा उच्च तहका नेतालाई गरेको सात करोड माथि गरेको आर्थिक सहयोगको सबै प्रमाण आफु सँग रहेको बताउदै गोल्छाले आफुसँग एमाले पार्टीका बारेमा त्यस्ता कुरा रहेको जुन कुरा बोल्दा सिँगो एमाले पार्टी नै धराशायी बन्न सक्ने भएकाले आफुले अहिले ति कुरा सार्वजनीक नगर्ने बताएकी छिन। तर आवश्यक परे सबै कुरा संचार माध्यममा ल्याउने चेतावनी पनि गोल्छाले दिएकी छिन।एमाले पार्टीबाट  केपी ओली र माधव नेपालले आफु सँग केही नमागेको पनि उनले अन्तर्वातामा बताएकी छिन।

No comments

Powered by Blogger.