सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई प्रहरीले कारवाही गर्ने

१३ कात्तिक, काठमाडौँ । सामाजिक सञ्जालमा सामाजिक सदभाव बिथोलिने गरी सामाग्री प्रकाशन तथा प्रदर्शन गर्नेलाई कारबाही गरिने नेपाल प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीअार्इबी) ले शुक्रबार सार्वजनिक सूचना जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने कार्य नगर्न र नगराउन सबैमा अनुरोध गरेको छ ।सूचनामा भनिएको छ, ‘हालका दिनमा विभिन्न सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने किसिमका कार्य भए-गरेको देखिन आएको हुँदा उल्लिखित कार्यहरु कानुनले दण्डनीय कार्यका रुपमा परिभाषित गरेको जानकारी गराइन्छ ।’

यस्ता कार्यहरु गर्ने र गर्न लगाउने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।(source:onlinekhabar)

No comments

Powered by Blogger.