अमेरिकालाई ६ विकेटले पराजित गरी नेपाल फाइनलमा

COURTSEY By CAN
कार्तिक २, २०७२- अमेरिकालाई ६ विकेटले पराजित गर्दै नेपाल यू १९ विश्वकप छनौट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । नेपालले फाइनलमा आयरल्याण्डसँग खेल्नेछ ।

त्यसअघि नेपाल र आयरल्याण्ड नै समूह चरणको अन्तिम खेलमा बुधबार प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल बिहीबार हुनेछ । विजेता टोली मात्र अर्को वर्ष बंगलादेशमा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुनेछन् ।

मलेसियाको क्वालालम्पुरमा १ सय १० रनको लक्ष्य पाएको नेपालले १७ ओभर ५ बल खेल्दै ४ विकेटको क्षतिमा ११४ रन बनायो । सौरभ खनालले अन्तिम
दुई बलमा विजयी चौका र छक्का प्रहार गरे । योगेद्रसिंह कार्कीले अर्धशतक प्रहार गर्दै नटआउट रहे । ४६ बल खेलेका उनले ५३ रन बनाए । कार्कीले ११ चौका प्रहार गरे ।

नेपालबाट सुनिल धमला १७, शंकर राना १२, दीपेन्द्र ऐरी ५, कप्तान राजु रिजाल बनाइ आउट भए ।

यसअघि नेपालले टस जितेपछि व्याटिङमा आएको अमेरिका ४६ ओभरमा १ सय ९ रनमा अलआउट भएको थियो । तर नेपालको व्याटिङको क्रममा बर्षा भएपछि डक वर्थ लुइस पद्दती अनुसार नेपाललाई ४८ ओभरमा एकसय ९ रनको लक्ष्य दिइएको थियो ।

नेपालको लागि प्रेम तामाङले ३१ रन खर्चेर ५ विकेट लिए । उनले ९ ओभर बलिङ गरेका थिए । नेपालको लागि आरिफ शेखले १० ओभरमा ४ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए । सुशील कँडेल र दीपेन्द्र ऐरीले १–१ विकेट लिए ।

अमेरिकामाथि नेपालको यो लगातार दोस्रो विजय हो । २०११ को विश्वकप छनोटमा पनि नेपालले अमेरिकालाई पराजित गरेको थियो ।
(Kantipur news)

No comments

Powered by Blogger.