उप–राष्ट्रपति निर्वाचनको मतदान सकियो
काठमाडौ, कात्तिक १४ ।
उप–राष्ट्रपति चयनका लागि भएको मतदान सकिएको सांसद सचिवालयले जानकारी दिएको छ । कुल ५९७ जना सांसद रहेको व्यबस्थापिका संसदमा ५४६ जानले मतदान गरेको संसद सचिवालयले जानकारी दिएको हो । उप–राष्ट्रपति निर्वाचनका लागि सत्तासाझेदार दलका साझा उम्मेदवार नन्द किशोर पुन(पासाङ) र नेपाली कांग्रेसको अमियप्रसाद यादव चुनावी स्पर्धामा रहेका छन् । उप–राष्ट्रपति निर्वानको लागि गोप्य मतदान विहान ११ वजेदेखि २ वजेसम्मका लागि रहेको थियो । मतदान व्यबस्थापिका संसद भवन नयाँ बानेश्वरको लोत्से हलमा मतदान भएको थियो ।
सो निर्वाचनको मतगरणा केहीवेरमा सुरु गरिने संसद सचिवालयले जानकारी दियो । आजै साँझ ५ वजे बस्ने व्यबस्थापिका संसदको बैठकबाट सभामुखले उप–राष्ट्रपनि निर्वाचनको परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
इमान्दारितामा दरिद्रपन नदेखाउन प्रम ओलीको सांसदलाई निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको साझा उम्मेदवार नन्दबहादुर पुनलाई मतदान गर्न सबैलाई आग्रह गरेका थिए ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा शनिबार मतदान अघि गरिएको सत्तारुढ दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गठबन्धनलाई लामो समयसम्म कायम राख्न पनि साझा उम्मेदवारलाई विजयी गराउनु आवश्यक रहेको बताएका थिए ।
दशवर्षे सशस्त्र सङ्घर्ष संविधानसभामार्फत शान्तिपूर्ण रुपान्तरणको प्रक्रियामा अगाडि बढेको र मुलुक शान्ति, समृद्धिको मार्गमा अगाडि बढेकाले यसलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता भएको प्रधानमन्त्री ओलीले बताए । ओलीले गठबन्धनमा समस्या आए लोकतन्त्र, शान्ति र समृद्धिको प्रक्रियासँगै जान अप्ठ्यारो पर्ने भएकाले इमान्दारितामा दरिद्रपन नदेखाउन आग्रह गरेका थिए ।
सशस्त्र सङ्घर्षको कमाण्डर भएर होइन, पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको संविधान लेखन र शान्तिप्रक्रियामा उहाँले पु¥याउनु भएको योगदानलाई संस्थागत गर्न हो प्रधानमन्त्री ओलीले भने ।
उपराष्ट्रपति जस्तो गरिमामय पदमा रहेर संविधानको पालना र रक्षाका लागि पुनले महत्वपूर्ण भूमिका खेल्नुहुने र विगतमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पासाङले सकारात्मक भूमिका निर्वाह गर्नेमा प्रधानमन्त्री ओलीले विश्वास गरेका छन् ।
हाल कायम भएको गठबन्धन भावना, सङ्ख्या विचारका हिसाबले विशिष्ट खालको रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शान्तिलाई माथि उठाउने सङ्कल्पका साथ साझा उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनुपर्नेमा जोड दिएका छन् ।
सो निर्वाचनको मतगरणा केहीवेरमा सुरु गरिने संसद सचिवालयले जानकारी दियो ।
आजै साँझ ५ वजे बस्ने व्यबस्थापिका संसदको बैठकबाट सभामुखले उप–राष्ट्रपनि निर्वाचनको परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
उप–राष्ट्रपति चयनका लागि भएको मतदान सकिएको सांसद सचिवालयले जानकारी दिएको छ । कुल ५९७ जना सांसद रहेको व्यबस्थापिका संसदमा ५४६ जानले मतदान गरेको संसद सचिवालयले जानकारी दिएको हो । उप–राष्ट्रपति निर्वाचनका लागि सत्तासाझेदार दलका साझा उम्मेदवार नन्द किशोर पुन(पासाङ) र नेपाली कांग्रेसको अमियप्रसाद यादव चुनावी स्पर्धामा रहेका छन् । उप–राष्ट्रपति निर्वानको लागि गोप्य मतदान विहान ११ वजेदेखि २ वजेसम्मका लागि रहेको थियो । मतदान व्यबस्थापिका संसद भवन नयाँ बानेश्वरको लोत्से हलमा मतदान भएको थियो ।सो निर्वाचनको मतगरणा केहीवेरमा सुरु गरिने संसद सचिवालयले जानकारी दियो । आजै साँझ ५ वजे बस्ने व्यबस्थापिका संसदको बैठकबाट सभामुखले उप–राष्ट्रपनि निर्वाचनको परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
इमान्दारितामा दरिद्रपन नदेखाउन प्रम ओलीको सांसदलाई निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको साझा उम्मेदवार नन्दबहादुर पुनलाई मतदान गर्न सबैलाई आग्रह गरेका थिए ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा शनिबार मतदान अघि गरिएको सत्तारुढ दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गठबन्धनलाई लामो समयसम्म कायम राख्न पनि साझा उम्मेदवारलाई विजयी गराउनु आवश्यक रहेको बताएका थिए ।
दशवर्षे सशस्त्र सङ्घर्ष संविधानसभामार्फत शान्तिपूर्ण रुपान्तरणको प्रक्रियामा अगाडि बढेको र मुलुक शान्ति, समृद्धिको मार्गमा अगाडि बढेकाले यसलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता भएको प्रधानमन्त्री ओलीले बताए । ओलीले गठबन्धनमा समस्या आए लोकतन्त्र, शान्ति र समृद्धिको प्रक्रियासँगै जान अप्ठ्यारो पर्ने भएकाले इमान्दारितामा दरिद्रपन नदेखाउन आग्रह गरेका थिए ।
सशस्त्र सङ्घर्षको कमाण्डर भएर होइन, पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको संविधान लेखन र शान्तिप्रक्रियामा उहाँले पु¥याउनु भएको योगदानलाई संस्थागत गर्न हो प्रधानमन्त्री ओलीले भने ।
उपराष्ट्रपति जस्तो गरिमामय पदमा रहेर संविधानको पालना र रक्षाका लागि पुनले महत्वपूर्ण भूमिका खेल्नुहुने र विगतमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पासाङले सकारात्मक भूमिका निर्वाह गर्नेमा प्रधानमन्त्री ओलीले विश्वास गरेका छन् ।
हाल कायम भएको गठबन्धन भावना, सङ्ख्या विचारका हिसाबले विशिष्ट खालको रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शान्तिलाई माथि उठाउने सङ्कल्पका साथ साझा उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनुपर्नेमा जोड दिएका छन् ।
सो निर्वाचनको मतगरणा केहीवेरमा सुरु गरिने संसद सचिवालयले जानकारी दियो ।
आजै साँझ ५ वजे बस्ने व्यबस्थापिका संसदको बैठकबाट सभामुखले उप–राष्ट्रपनि निर्वाचनको परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
Leave a Comment