कतारबाट आएका नेपालीले भारतविरुद्ध हस्ताक्षर थाले

काठमाडौं । कतारमा होटल ब्यवसाय गर्दै आएका लमजुङका सन्तोषबाबु लोहनीले भारतले लगाएको नाकाबन्दीको विरोधमा एक लाख हस्ताक्षर संकलन गरेर संयुक्त राष्ट्र संघका महासचिव बानकी मुनलाई बुझाउने भएका छन् ।लोहनीले शुक्रवार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दशैंमा टिका लगाउन स्वदेश फर्किदा यहाँ भारतको नाकाबन्दीको कारण नेपाली दाजुभाईहरुको जनजीवन कष्टकर बन्दै गएको देखेर आफूले विरोध स्वरुप हस्ताक्षर संकलन गर्न लागेको बताए ।

उनले भने–‘म एउटा सामान्य नागरिक, मैले त्यत्रो ठूलो मुलुक भारतविरुद्ध केही गर्न सक्ने कुरा भएन, तर विरोध त गर्न सक्छु, अन्तर्राष्ट्रियकरण त गर्न सक्छुृ नि भनेर यस्तो अभियान चलाउने सोच बनाएको हो ।’

लोहनीले कात्तिक २१ गते शनिवार राजधानीको शान्तिबाटीकामा रहेर हस्ताक्षर संकलन गर्नेछन् । सोही दिन एक लाख नपुगे भोली पल्ट समेत संकलन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए । उनको हस्ताक्षर अभियान विहान ७ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ ।

उनले कुनै पार्टी र संघ सस्थासँग आबद्ध नभई सामान्य नेपाली नागरिकको हिसावमा अभियान चलाउने सोच बनाएको भन्दै सबैलाई शान्ति बाटीका आएर हस्ताक्षर अभियानलाई सफल बनाउन आब्हान गरे ।

No comments

Powered by Blogger.