अमेरिकाद्वारा १०९ रनको चुनौती नेपालसामु प्रस्तुत
मलेसियामा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अमेरिकाले नेपाललाई १०९ रनको चुनौती पेस गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित किनररा एकेडेमी ओभल खेल मैदानमा आज भएको सो प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४६ ओभरमा सबै विकेट गुमाएर १०९ रन जोड्यो। अमेरिकाले १०९ रन जोडे पनि नेपालले डक वर्थ लुइस नियमका आधारमा १०९ रनकै लक्ष्य पाएको हो।
खराब मौसमका कारण निर्धारित ५० ओभरको खेललाई छोट्याएर ४८ ओभरमा झारिएको हो। अमेरिकाले ३५ ओभर खेलेपछि खराब मौसमकै कारण केही समयका लागि खेल स्थगितसमेत भएको थियो। नेपालले अब जितका लागि ४८ ओभरमा १०९ रन नै बनाउनुपर्नेछ।
अमेरिकाका लागि सागर पटेलले सर्वाधिक ४४ रनको योगदान दिए। उनले तीन चौका र एक छक्काको सहयोगमा ४४ रन जोडेका हुन्। त्यसैगरी तोहिदुल इस्लामले १४ तथा गौरव पटाङकरले ११ रनको योगदान दिनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्।
अमेरिकालाई १०९ रनमा समेट्ने क्रममा नेपालका प्रेम तामाङ एक्लैले पाँच विकेट लिए भने आरिफ शेखले दुई विकेट लिए। त्यस्तै सुशील कँडेल र दीपेन्द्र सिंह ऐरीले समान १÷१ विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ। अहिले ८।२ ओभरको खेल सकिँदासम्म नेपालले एक विकेटको क्षतिमा ५९ रन जोडेको छ।
यसअघिका दुई खेल खेलेको नेपालले दुबै खेलमा जित हासिल गर्दै चार अङ्क जोडेको छ। नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो। रासस

Leave a Comment