चिनले नेपाललाई तेल दियो भने मधेशमा चीनविरुद्ध कडा प्रदर्शन हुने छ – मदेशी मोर्चा

 भारतको अघोषित नाकाबन्दीको बीचमा छिमेकी राष्ट्र चीनले नेपाल सरकारलाई इन्धन सहयोग गर्ने तयारी गरिरहँदा त्यस निर्णयले मधेशमा तरंग पैदा गरेको छ । ४० जनाको ज्यान जाने गरी मधेशमा आन्दोलन भइरहँदा त्यसलाई वेवास्ता गरेर सरकारलाई सहयोग गर्न लागेको भन्दै आन्दोलनररत मधेशी दलहरु चीनविरुद्ध प्रदर्शन गर्ने तयारीमा गरिरहेका छन् ।हुनत यसअघि नै मधेशमा चीनको झण्डा नजलेको पनि होइन । तर, त्यतिबेला मधेशी नेताहरु, विशेष गरेर उपेन्द्र यादव, ले नै त्यस्तो क्रियाकलापको विरोध गरेका थिए । संघीय लोकतान्त्रिक मधेशी मोर्चाले त्यसबारेमा विज्ञप्ति नै निकालेको थियो । तर, अहिले भने चीनले खुलेरै सरकारलाई सहगोग गर्न खोजेपछि मधेशी नेताहरु क्रुद्ध बनेका छन् । मधेशमा चीनविरुद्ध प्रदर्शन गर्ने तयारीमा उनीहरु लागेका छन् । सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले चीनको कदमप्रति गम्भिर आपत्ति जनाए । ‘हामी विगत दुई महिनादेखि आन्दोलनरत छौं । दर्जनौंले आन्दोलनमा ज्यान गुमाइसकेका छन् । हामीले अन्तर्राष्ट्रिय शक्तिलाई यसबारे ध्यानाकर्षण गराइरहेका छौं । तर, हाम्रो आन्दोलनलाई वेवास्ता गर्दै चीनले सरकारलाई सहयोग गर्ने कुरा आएको छ, त्यसको हामी घोर भत्सर्ना गर्छौं ।’ चीनले सरकारलाई सहयोग गरे मधेशमा चीनविरुद्ध प्रदर्शन हुने पनि उनले बताए । ‘हामी पनि फ्रितिब्बतको नारा उठाउन बाध्य हुनेछौं । हामीलाई तयसको गर्न बाध्य नपारियोस्,’ उनले भने । मधेशमा आन्दोलनको बीच भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालमा इन्धनको चरम अभाव देखिएको छ । परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणका क्रममा भारतीय नेतृत्वले परावाहन र इन्धन आपूर्ति सहज बनाउने बचन दिएपनि त्यो पूरा नभएपछि नेपालले अन्य देशसँग इन्धन आपूर्तिका लागि पहल गरेको हो । (source:ratopati)

No comments

Powered by Blogger.