भारतीय विदेश मन्त्रालयद्वारा ‘मधेस विखण्डन’ को वकालत गर्ने सामग्री प्रचार(video)

१४ कात्तिक, काठमाडौं । भारतले नेपालको तराईलाई राज्यबाट अलग गराउने सोचलाई प्रवर्द्धन गरिरहेको भेटिएको छ । भारतीय विदेश मन्त्रालयले आफ्नै युट्यूब अकाउन्टबाट तराई विखण्डनलाई प्रोत्साहित गर्ने आपत्तिजनक पोष्ट गरेको छ ।

तराईमा जारी आन्दोलनका विषयमा बनाइएको भिडियोलाई ‘नेपालका मधेसी समुदायको छुट्टै राज्यका आन्दोलन गर्ने चेतावनी’ शिर्षक दिइएको छ । जबकी मधेसी आन्दोलनकारीले अहिलेसम्म छुट्टै राज्यको चर्चा वा माग गरेका छैनन् ।
भारतीय समाचारसंस्था एएनआईले तयार पारेको रिर्पोटलाई भारतीय विदेशमन्त्रालयले आफ्नो आधिकारीक यूट्यूव च्यानलमा राखेको छ ।
भिडियोमा दुई मधेसी समुदाय जस्ता देखिने व्यक्तिहरुको भनाई समावेश गरिएको छ । तीमध्ये एक जनाले भन्छन्-‘हामी आफ्नो अधिकारका लागि ७१ दिनदेखि मधेस बन्द गरिरहेका छौं । माग पूरा भएन भने ७१ महिनासम्म बन्द गर्न सक्छौं । त्यति गर्दा पनि सरकारले सुनेन भने अलग देशको माग गर्नेछौं ।’

विदेश मन्त्रालयले हालेको भिडियोलाई साभार गरेर भारतीय न्यूज एजेन्सी एएनआईले रिपोर्ट बनाएको छ । उक्त रिपोर्टको न्यारेसनमा मधेसी जनता अलग राज्यको पक्षमा रहेको दावी गरिएको छ ।

भारतीय बिदेश मन्त्रालयले नै नेपाल बिखण्डन गर्न प्रोत्साहित गर्ने सामाग्री प्रचार प्रसार गरेपछि तराइमा भइरहेको अान्दोलन र झन्डै डेढ महिनायता लगाइएको नाकाबन्दीको उदेश्य तराइ बिखण्डन त हैन भन्ने भन्ने अाशंकालार्इ बल पुराएको छ ।

भारतीय समाचार संस्था एनआईले हरेक दिन तराईको आन्दोलनबारे एक वा एकभन्दा बढि रिपोर्ट बनाइरहेको जहाँ तराईमा बल प्रयोग गरिएको, आन्दोलन दबाइएको र काठमाण्डौंका सभ्रान्तहरुले मधेसीलाई अधिकार दिन नचाहेको भन्दै समाचार बनाइएको हुन्छ ।


No comments

Powered by Blogger.