भारत विरुद्धको हस्ताक्षर बुझ्न मानेनन् कमल थापाले

१६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री कमल थापाले भारत विरुद्धको हस्ताक्षर बुझ्न नमानेपछि एमाले सम्बद्ध युवा संघ नेपालले ५ लाखको हस्ताक्षर मन्त्रालयमा दर्ता गराएको छ ।

समय दिएर पनि आफूहरु पुगिसकेपछि थापाले कार्यक्रम रद्द गरेको युवा संघका उपाध्यक्ष रमेश पौडेलले बताए । ‘उहाँले समय दिएर पनि क्यान्सिल गर्नुभयो, नियतमाथि प्रश्न उठाउने ठाउँ छ,’ पौडेलले भने ।
भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दीका विरुद्ध युवा संघले काठमाडौंमा ५ लाख जनताको हस्ताक्षर संकलन गरेको अध्यक्ष राजिव पहारीले बताए ।

मन्त्री थापाले संकलित हस्ताक्षर बुझ्न नमानेपछि युवा संघले परराष्ट्र मन्त्रालयको प्रांगणमै कोणसभा आयोजना गरी मन्त्री थापाको बिरोध गरेको छ ।

No comments

Powered by Blogger.