हिन्दी च्यानल आजतकले भन्यो – ‘भारतलाई नेपाली प्रधानमन्त्री ओलीले दिए चेतावनी’

काठमाडौं, कात्तिक १७ । भारतको चर्चित न्युज च्यानल आजतकले नेपालको प्रधानमन्त्री केपी ओलीले भारतलाई चेतावनी दिएको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

नेपालका प्रधानमन्त्रीले दिए चेतावनी शिर्षकको समाचारमा काठमाडौंमा भएको एक कार्यक्रममा ओलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिए भनिएको छ ।

समाचारका अनुसार  वीरगञ्ज घटनालगत्तै एक कार्यक्रममा ओलीले संविधान जारी भएपछि भारतको नेपाल निती र हस्तक्षेपको निन्दा गरेका छन् ।

मधेशी समुदायलाई नाकाबन्दीका लागि भारतले उक्साएको आरोप लगाउँदै ओलीले हाम्रो आन्तरिक मामिला आफै सुल्झाउन सक्षम रहेको बताएका थिए ।

ओलीले यो संविधान अत्यधिक बहुमतले पास भएको बताउँदै कुनैपनि देशको विरुद्धमा नभएको बताएको आजतकको समाचारमा छ ।

समाचारमा ओली मोदी फोनवार्तामा मोदीले सहज आपुर्तिका लागि भारतीय पक्षबाट कुनै रुकावट नहुने आश्वासन दिएको पनि उल्लेख गरिएको छ ।

No comments

Powered by Blogger.