डेढ वर्षको बच्चाले विषालु सर्प जिउँदै चपाएपछि….
दक्षिणी ब्राजिलमा एक चमत्कारिक घटना बाहिर आएको छ । त्यहाँको करीब डेढ वर्षको एक बालकले एउटा विषालु सर्पलाई आफ्नो मुखभित्र हाल्यो । विषालु सर्पलाई मुखमा हालेर दाँतले टोकिरहँदा सम्म पनि उक्त बच्चा सकुशल रह्यो अर्थात् सर्पको डसाइमा परेन ।
ब्राजिलको मोस्टार्डस् सहरस्थित आफ्नो घर बाहिर खेलिरहेको उक्त बच्चाले अकस्मात एउटा विषालु सर्प समातेछ । उसकी आमा जेन फरेराका अनुसार जब उनी छोरालाई खोज्न घर बाहिर आइन् तब उनले छोराको मुखमा एउटा सर्प कोचिएको र सर्प छटपटाइरहेकेा देखिन् ।
स्थानीय रेडियो गौचालाई उनले बताए अनुसार बच्चाले सर्पलाई टोकेर राखेको थियो, ता की त्यो सर्प फुत्केर आक्रमण गर्न नपाओस् ।
आमा डराइन् । तुरुन्तै छिमेकीको सहयोग मागेर छोरालाई अस्पताल लगिन् । परीक्षणका क्रममा बच्चाको सरीरमा सर्पको आक्रमणको कुनै घाउचोट तथा विषको संकेत पाइएन ।
बच्चाले जुन सर्पलाई मुखभित्र हालेको थियो, उक्त सर्प दक्षिण अमेरिकामा पाइने बोथ्राप्स प्रजातिको सर्प थियो । यो विषालु सर्पले डसेको खण्डमा यदि उपचार भएन भने मानिसको मृत्यु हुने सम्भावना ७० प्रतिशत हुन्छ

Leave a Comment