भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र
परमेश्वर पन्त
सम्माननीय प्रधानमन्त्रीज्यू,
भारत सरकार,
नेपाल र भारत बीचको युगौंदखिको दौत्य सम्बन्ध आगामी युगौंसम्म चलोस् भन्ने सदभाव राख्ने एक नेपालीको हैसियतले यहाँलाई यो खुला पत्र लेख्दै छु । नेपाल र भारतबीच हिन्दी भाषामा भनिए झैं ‘रोटी बेटीका सम्बन्ध’ रहँदै आएको छ । अर्थात् धर्म, संस्कृति, रीति रिवाज मिल्नुका साथसाथै खुला सीमानासमेत रहेको कारणले यताउता बिहेवारी, खानपान आदान-प्रदान जस्ता कि्रयाकलाप अति सामान्य दैनिकी रहेको यथार्थ कसैबाट छिपेको छैन । आर्थिक रुपमा पनि नेपाल दक्षिण एसिया कै गरिब तथा भू-परिबेष्ठीत देश भएको र तीनतिर भारतीय सीमाना परेको हुनाले अधिकांश बन्द ब्यापारहरुमा भारतसँग निर्भर रहेको कटुसत्य सबैले बुझेकै कुरा हो ।

नेपालीका इच्छा, चाहना र भइपरि आउँदा नेपाल र नेपालीलाई भारतले सधंै साथ सहयोग गरेको कुरा हामीहरुले बिर्सेका छैनौं र बिर्सन्नौं पनि । नेपालमा राणा कालदेखि नै जनसंविधान निर्माणका लागि संविधान सभाको माग भई आएकोमा नेपालीले अहिले आएर सो सौभाग्य पाएका छन् । ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरुको समर्थनमा गणतन्त्रात्मक संघीय नेपालको संविधान जारी भई कार्यान्वयनको क्रममा रहेको छ । भारतले उक्त संविधानको खुला हृदयले समर्थन नगरी जनाधार नभएका केही राजनैतिक दलहरुले संविधान बिरुद्ध निकालेका मुद्दामा प्रत्यक्ष-परोक्ष सहयेाग गरी नाकाबन्दी गर्दा नेपाल र नेपालीको दैनिकी निकै ठूलो संकटमा परेको छ । लाखौं बालबालिकाहरु विद्यालय जानबाट बन्चित भएका छन् । चुल्हाहरु बन्द भएका छन् र यातायात कलकारखाना बन्द हुन पुगेका छन् ।
भारतीय अधिकारीहरुले भारतले नाकाबन्दी नगरेको स्पष्टोक्ति दिइरहे पनि नेपालमा भएको नाका धर्नामा ठूलो संख्यामा भारतीयहरुको उपस्थिति रहनु, नेपालमा आन्दोलन गर्नेहरुलाई हजारौको संख्यामा भारतमा खाना र आरामको ब्यवस्था मिलाइनु र अबरोध नभएका नाकाहरुबाट समेत सीमित मात्रामा (उपरका आदेश भन्दै १० देखि ३० प्रतिशत मात्र) पेट्रोलियम पदार्थ उपलब्ध गराउनुले अघोषित नाकाबन्दी पुष्टि गर्दैन र ? सम्माननीय प्रधानमन्त्रीज्यू, तपाइर्ं जस्तेा ऋषिमन भएको महान ब्यक्ति भारतको प्रधानमन्त्री रहेको अबस्थामा शक्ति र आकारमा सानो मुलुकलाई यसरी पेल्न सुहाउँछ र ?
जहाँसम्म भारतको अन्तराष्ट्रिय छविको प्रसङ्ग छ, भारत अहिले विश्वका ४-५ वटा ठूला र शक्तिशालि राष्ट्रको पंक्तिमा आउँछ । दक्षिण एसिया भारत कै नामले विश्वसामु चिनिन्छ । यस्तो अवस्थामा भारतले छिमेकका सानातिना आन्तरिक मामिलामा अल्झनुभन्दा आफ्ना साना र कमजोर छिमेकीहरुलाई विश्वासमा लिएर दक्षिण एसियालाई एकढिक्का गरी नेतृत्व लिन सके भारतकै हित हुने देखिन्छ, जसकालागि भारतले सानातिना त्याग समेत गर्नुपर्ने हुन सक्छ ।
भारतको यही रवैया रहेमा नेपालले सो कुरालाई अन्तराष्ट्रियकरण गर्ने र अन्य विकल्पको खोजी गर्ने छ । सो अबस्थामा नेपालबाट पश्चिमाहरुले तिब्बत माथि आँखा लगाइरहेको भनि रन्थनिइरहेको चीनका लागि ‘के खोज्छस् काना आँखो’ भने झैं हुनेछ । बाँकी सम्माननीय प्रधानमन्त्रीज्यू आफै बिज्ञ हुनुहुन्छ ।

Leave a Comment