नेपालमा गम्भीर मानवीय संकट आउन सक्ने अमेरिकाको चिन्ता

काठमाडौं, १९ कात्तिक - अमेरिकाले नेपालमा गम्भीर मानवीय संकट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै नेपाल र भारत सीमामा बढ्दो अस्थिर अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ। जसले वैशाख १२ को भूकम्पबाट प्रभावित क्षेत्रहरुका साथै इन्धन, औषधी र खाद्य पदार्थको गम्भीर अभाव सृजनाा भएको बताएको छ।

हिउँद सुरु हुन केही साता मात्र बाँकी रहेको अवस्थामा अन्तराष्ट्रिय समुदायले धेरै जोखिमयुक्त समुदायहरुमा महत्वपूर्ण राहत तथा आवास सामाग्री पुर्‍याउज सकिरहेको छैन, दूताबासले भनेको छ, जनजीवन जोखिममा छ र यसका कारण मानवीय संकट आउने हो कि भन्ने चिन्ता छ।

अमेरिकाले संकट समाधानका लागि सम्वद्ध पक्षहरुले आफ्नो प्रयास दोब्बर पार्नु पर्नेमा जोड दिएको छ। सबै नेपालीका आकांक्षाहरुलाई संविधानले समेटोस् भन्ने सुनिश्चिच गर्नका लागि अर्थपूर्ण राजनीतिक सम्वादको सकारात्मक वातावरण बनाउने कार्यमा सबैले योगदान गर्नुपर्छ, दूताबासले भनेको छ।

No comments

Powered by Blogger.