भारतलाई दिएको बिजुली रोक्न र बंगलादेशबाट ग्यास ल्याउन बिजुक्छेको सुझाव

कार्तिक २३, २०७२- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दक्षिणपन्थीहरु मिलेर चीनसँगको उत्तरी नाका खोल्न नदिने प्रयास गरेको बताएका छन् । नेपाल प्राध्यापक समाजले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले नेपालले भारतलाई दिँदै आएको बिजु्ली रोक्नुपर्ने सुझाव दिँदै अहिलेको अवस्थामा बङ्गलादेशबाट ग्यास ल्याउन सकिने र पाकिस्तानसँग बिजुली उत्पादनबारे सल्लाह गर्नुपर्ने धारणा राखे ।

बिजुक्छेले भने, 'भारतमा प्रगतिशील सरकार नआएसम्म नेपाललाई दुःख हुन्छ, दक्षिण एसियालाई एउटै सुरक्षा छातामा ल्याई आफैं कमान्डर इन चिफ बन्न भारत खोज्दैछ, त्यसको विरोध हुनुपर्छ ।' बिजुक्छेले नाकाबन्दीविरुद्ध नेपाली जनताले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्नुपर्ने बताउँदै भारतको सामान कम प्रयोग गर्ने अभियान नेपालीले थाल्नुपर्नेमा जोड दिए ।

No comments

Powered by Blogger.