थापाले बेइजिङमा गएर गरे आठ बुँदे सहमति

चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री र चीनका विदेशमन्त्री बाङ यीबीच ८ बुँदे सहमति गरेका छन्। थापा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र चीनका विदेश मन्त्री वाङ यीले नेतृत्व गरेको टोलीबीच बेइजिङस्थित विदेश मन्त्रालयमा भएको वार्तामा उक्त सहमति भएको बताइएको मन्त्री थापाको सचिवालयले जनाएको छ।
भेटवार्तापछि सहमति भएका विषयलाई संयुक्त विज्ञप्तिको रुपमा जारी गरिएको छ। सहमतिमा चीन र नेपालबीच दीर्घकालीन रुपमा तेल र ग्यासको व्यापार गर्ने बुँदालाई महत्वका साथ उल्लेख गरिएको छ। उच्चस्तरीय राजनीतिक भ्रमण आदानप्रदान गर्ने र भूकम्पपछिको पुनर्निर्माणलाई गति प्रदान गर्नेलगायतका बुँदाहरु सहमतिमा छन्।
नेपालमा देखिएको इन्धन संकटपछि दीर्घकालिन रुपमा आपूर्ति व्यवस्था मिलाउन चीन तयार भएको मन्त्री थापाको सचिवालयले जनाएको छ। उनीहरुबीच उच्च तहमा नेपाल र चीनका अधिकारीहरुबीच भ्रमण गर्ने समेत सहमति भएको छ । चीन–नेपाल सीमा व्यापार विस्तार गर्न सुक्खा बन्दरगाहहरू र सीमा नाकाहरू व्यवस्थित गर्ने सहमति पनि भएको छ। बिप्पा सन्धि गर्नका लागि अध्ययन गर्ने सहमति भएको छ।
भेटमा मन्त्री थापाले नेपालमा चिनियाँ पर्यटकलाई भिसा–मुक्त भ्रमण व्यवस्था गर्ने प्रतिबद्दता जनाएका छन्।
८ बुँदे सहमतिमा के छ 
चीनबाट पेट्रोलियम पदार्थ आयात गरिने
 
पेट्रोल तथा ग्यासको दीर्घकालीन व्यापारलाई प्रोत्साहन गरिने ।
 
नेपाल भ्रमण गर्न बन्देज लगाइएका चिनियाँ पर्यटकलाई चीन सरकारले फुक्का गर्ने ।
 
अरनिको राजमार्गको पुनर्निर्माण तथा विस्तार  गर्ने ।
 
शुन्य भन्सार दरमा नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवेश गराउने सैद्धान्तिक सहमति
 
नेपाललाई अन्तर्देशीय व्यापारमा अरु सुविधा दिन पनि चीन तयार 
 
तातोपानी नाका  सुचारु राख्ने सहमति 
 
अन्य थप नाका खोल्ने । 


No comments

Powered by Blogger.