अब हिन्द महासागरको ठ्याक्कै बीचमा गएर विवाह गर्न सकिने
हाम्रै नेपालका एक दम्पतीले सगरमाथाको चुचुरोमा गएर विवाह गरे । एक बेलायती दम्पतीले पानी मुनि विवाह गरेर किर्तिमान राख्यो । विवाह जस्तो कुरालाई विशेष बनाउन जो कोहीले पनि केही कसर बाँकी नराख्न चाहन्छ । तर मौका र औकात दुबै चाहीँ हुनुपर्यो । अब औकात हुनेहरुका लागि अर्को किर्तिमानी बिहे गर्ने मौका जुरेको छ । अब हिन्द महासागरको बीच भागमा गएर विवाह गर्न सकिने भएको छ ।
माल्दिभ्सको एक रिसोर्ट कम्पनीले हिन्द महासागरको बीचमा एउटा यस्तो होटल बनाएको छ जहाँ गएर आसपासका जलचरहरुको उपस्थितिमा किर्तिमानी बिहे गर्न सकिनेछ ।
यो होटल एउटा सानो झुपडी जस्तै छ तर निकै साजसज्जाले युक्त सुन्दर छ । हिन्द महासागरको ठ्याक्कै बीच भागमा रहेको यो होटलको पिँध सिसाको छ जसका कारण समुद्रीको पानी हल्लिएको पनि देख्न सकिन्छ ।




Leave a Comment