अस्ट्रेलियामा २ लाख लिटर एसिड बोकेको रेल दुर्घटना

पुष १३ ।
अस्ट्रेलियामा सल्फ्युरिक एसिड बोकेको रेल दुर्घटना भएको छ । दुई लाख लिडर सल्फ्युरिक एसिड बोकेको रेल क्विन्सल्याण्ड राज्यको जुलिया क्रिकमा दुर्घटनाग्रस्त भएको हो ।२६ वटा डिब्बामा सल्फ्युरिक एसिड लोड गरेर गुडेको रेल लिकबाट उछुट्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा तीन जना रेलवे कर्मचारी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा कति एसिड पोखियो भन्ने थाहा नभएको स्थानीय प्रहरीले जनाएको छ ।सल्फ्युरिक एसिड अति नै कडा पदार्थ हो । यसले मानिसको छाला छोएमा जलाइ दिन्छ । प्रशासनले दुर्घटना भएको क्षेत्रमा आपतकालिन अवस्था घोषणा गरी दुई किलोमिटर वरपर नजान आग्रह गरेको छ ।
रेल दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । त्यस क्षेत्रमा बाढी आएकाले त्यहाँसम्म पुग्न समस्या भएको जनाइएको छ ।

No comments

Powered by Blogger.