चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा भिसा शुल्क नलाग्ने
काठमाडौं— चिनियाँ नागरिकलाई नेपाल प्रवेश गर्न भिसा शुल्क नलाग्ने निर्णय सरकारले गरेको छ। चीन र नेपालबीच केही घन्टाअघि भएको ८ बुँदे सम्झौता कार्यान्वयन गर्दै नेपाल सरकारले शुक्रबार साँझ यस्तो निर्णय गरेको हो।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापा तथा उनका चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार दिउसो भएको ८ बुँदे सम्झौताअनुसार नेपाल आउने चिनियाँ पर्यटकका लागि भिषा शुल्क नलाग्ने बुँदा पनि समावेश थियो।
शुक्रबार साँझको मन्त्रिपरिषदले सोही सम्झौतालाई मूर्तरुप दिँदै चिनियाँ नागरिकलाई नेपाल प्रवेश गर्न भिसा शुल्क नलाग्ने निर्णय गरेको हो। यो निर्णयले चीन र नेपाललाई अझ नजिक बनाउने अपेक्षा गरिएको छ। नेपाली पर्यटन क्षेमा चीनको उपस्थिति अझ बलियो पार्ने अपेक्षा दुवै देशले गरेका छन्।

Leave a Comment