टेलिभिजनले बनायो रोबोटलाई रिपोर्टर, पत्रकारको जागिर धरापमा
छिमेकी
देश चीनको एक टेलिभिजन च्यानलले पहिलोपटक एक रोबोटलाई आफ्नो टेलिभिजन
कार्यक्रम प्रस्तोतामा नियुक्त गरेको छ । शांघाइ ड्रयागन टेलिभिजनले
जियाओआइस नामक रोबोटलाई रिपोर्टको जागिर दिएको हो ।
महिला पत्रकारको भेषमा रहेको यो रोबोटले
विहानी पखको लाइभ शो मा दैनिक रुपमा मौसमका बारेमा रिपोर्टिंग गरिरहेको छ ।
रोबोटले टेलिभिजनमा रिपोर्टरको जागिर खान थालेपछि चीनमा अब पत्रकारको
जागिर धरापमा पर्न थालेको गाइँगुइँ सुनिन थालेको छ ।
जियाओआइस नामक रोबोटलाई माइक्रोसफ्ट
कम्पनीले मौसमी जानकारी दिनका लागि विकाश गरेको हो । यो रोबोटले गत मंगलबार
देखि चिनिया टेलिभिजनमा जागिर खान सुरु गरेको हो । सुरुवाती दिनमै यसले
आफ्नो कार्यक्षमताका कारण दर्शकलाई प्रभावित गर्न सफल भएकेा छ । आफुले
टेलिभिजनमा जागिर पाएकोमा रोबोट निकै खुसी समेत छ र उसले भनेको छ मौसमको
रिपोर्टिंग गर्ने मेरो जागिरमा म निकै खुसी छु ।
लिखित कुरालाई बोलीमा ढाल्नका लागि यो
रोबोटमा एउटा आर्टिफिसिएल इन्टेलिजेन्स डिभाइस राखिएको छ । यसको सहायताले
यो रोबोट मानिस बोलेजस्तै गरी लेखेको कुरा पढ्न सक्छ र यसको आवाज पनि
मानिसकै जस्तो हुन्छ ।
रोबोटलाई टेलिभिजन प्रस्तोतामा नियुक्त
गरिएसँगै पत्रकारको जागिर धरापमा परेको चिन्ता छाइरहँदा शांघाइ मिडिया
ग्रुपका निर्देशकले भने चिन्ता गर्नु नपर्ने भन्दै ढाडस दिएका छन् ।
टेलिभिजन प्रस्तोतामा पत्रकारलाई हटाएर पूरै रोबोटलाई ल्याउने सोँच
आफुहरुको नरहेको उनले प्रष्ट पारे ।
स्मरण रहोस् गत सेप्टेम्बर महिनामा चिनिया
चर्चित कम्पनी टेन्सेन्टले एउटा यस्तो रोबोट बनाएको थियो जसले कुनैपनि
कम्पनीको व्यवसायिक प्रतिवेदन केवल १ मिनेटमै तयार गर्न सक्छ ।

Leave a Comment