सरकारको नेतृत्व कमल थापाले गरेजस्तो लाग्छ : बाबुराम भट्टराई
पुस १२, २०७२- नयाँ शक्ति अभियानका
अभियन्ता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार गैरजिम्मेवार
भएको भन्दै यसलाई राजतन्त्र बिनाको पञ्चायती सरकारको संज्ञा दिएका छन् ।
गोरखाको मनकामनामा पत्रकार सम्मेलन गर्दै उनले भने– ‘सरकारका पछिल्ला
गतिविधिले जनतालाई लज्जाबोध भएको छ ।’
‘कमल थापाको राष्ट्रिय र अन्तर्राष्ट्रिय मुभ हेर्दा वामपन्थी कम्युनिष्ट भन्नेहरुको सरकारको नेतृत्व कमल थापाले गरेको देखिन्छ,’ उनले भने । संविधान सभा, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका बिरोधी थापा संविधानको व्याख्ता बनेको पनि उनले बताए । ‘सरकारमा सहभागी दलले अग्रगामी परिवर्तनमा अडान लिनुको सट्टा जसरी पनि सरकार टिकाउन लागेका छन्, जनता र मलाई लज्जाबोध भएको छ,’ उनले भने ।
भूकम्पपीडितको दुदर्शा, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले देश थिलोथिलो भएको बेला सरकार मन्त्रालय फुटाएर बसेको उनले बताए । ‘देशमा समानान्तर कालो अर्थतन्त्र संचालन भएको छ,’ भट्टराईले भने, ‘कमिसनको डरलाग्दो चलखेलको लाभ सत्तामा सहभागी दलहरुले लिएका छन् ।’ सरकारले निरिह बनेर उपहासपूर्ण गतिविधि गरेको उनले दावी गरे ।
‘चिसोले मान्छे मरिरहेका छन्,’ उनले भने, ‘सरकार मन्त्रालय फुटाएर मन्त्री पद बाँडेर बसेको छ ।’ आफ्नो सरकारमा ४९ जनाको मन्त्रीमण्डल बनाएका भट्टराईले आफ्नो भने ‘बाध्यता’ रहेको बताए । ‘त्यतिबेला संविधान निर्माण गर्न र शान्ति प्रक्रिया पूरा गर्न धेरै दललाई सरकारमा सहभागी गराउनु पर्ने दुर्भाग्यपूर्ण बाध्यता थियो,’ उनले भने, ‘अहिलेको सरकारलाई केही बाध्यता छैन, अब नयाँ जनमतका लागि चुनावमा गए हुन्छ ।’
दलहरु सरकारमा जान आतुर भएका कारण मधेस आन्दोलन र भारतीय नाकाबन्दी भएको उनले दावी गरे । ‘सरकाले वार्ताबाट आन्तरिक समस्या हल गरेर मधेस आन्दोलनलाई सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘घर झगडा मिलेपछि भारतसँग नाका खुलाउन कुटनीतिक वार्ता गर्न सकिन्छ ।’ आन्दोलन गरिरहेका मधेसी मोर्चालाई भट्टराईले शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिए । ‘आन्दोलनकारीहरु सँगको छलफलमा मैले नाकाको अवरोध हटाएर शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिएको छु,’ उनले भने ।
पहिलेका सम्झौता र सहमतिका आधारमा सिमाङ्कन तत्कालै टुंगो लगाउनु पर्ने उनले बताए । ‘अहिले नै सिमाङ्कन मिलाउनु पर्छ, थाँति राख्नु हुँदैन,’ उनले भने ।

Leave a Comment