त्रिविको उच्च शिक्षा अनलाइनबाटै लिन सकिने
१२
पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नियमित क्याम्पस धाउनुपर्ने
परम्परा अन्त्य गर्दै अनलाइनबाट उच्च शिक्षा आर्जन गर्न सकिने व्यवस्था
गर्ने भएको छ । विदेशी विश्वविद्यालयले अनलाइन माध्यमबाट अध्ययन गराउँदै आए
पनि त्रिविका लागि यो नौलो हो ।
त्रिविको खुला तथा दूर शिक्षा केन्द्रले
यसै शैक्षिक सत्रदेखि कम्प्युटर तथा ग्याजेट प्रयोग गरी उच्च शिक्षा आर्जन
गर्न पाउने व्यवस्था सुरुू गर्ने भएपछि कामकाजी र नियमित रुपमा क्याम्पस
जान नसक्ने विद्यार्थीलाई निकै सहज हुनेछ । त्रिविले यसैलाई लक्षित गरेर
एन्ड्रोइड एप्स पनि बनाउने भएको गोरखापत्रमा खबर छ ।
केन्द्रका निर्देशक प्राध्यापक डाक्टर
लेखनाथ शर्माले इन्टरनेट पहुँच भएका उच्च शिक्षा आर्जन गर्न चाहने
विद्यार्थी अब क्याम्पस गइरहनु नपर्ने व्यवस्था सुरु गर्न लागिएको जानकारी
दिए ।

Leave a Comment