हावाबाट तीन सय मेगावाट बिजुली उत्पादन अनुमति दिने तयारी
पुस १८, २०७२- 'द गोर्खाज युके' नामक
कम्पनीले मुस्ताङ जिल्लामा हावाबाट ३ सय मेगावाट बिजुली उत्पादन गर्ने
प्रस्ताव गरेको छ । कम्पनीले लगानी बोर्डमा हावाबाट बिजुली उत्पादन गर्ने
आयोजना निर्माणका लागि अनुमति दिन लगानी बोर्डमा आवेदन दिएको छ ।
बोर्डले कम्पनीसित हावाबाट ऊर्जा उत्पादन गर्न दिने लिखित समझदारी गर्ने भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले बोर्डलाई कम्पनीसित लिखित समझदारी गरी हावाबाट बिजुली उत्पादनका लागि अनुमति दिनेलगायतका प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए ।
बोर्डले कम्पनीसित समझदारीपत्रमा हस्ताक्षर गरेपछि उसलाई हावाबाट बिजुली निकाल्न अध्ययनको अनुमति दिई आयोजना निर्माणका लागि लगानीको स्रोत जुटाउन तथा विद्युतो लागत र मूल्य प्रस्ताव गर्न आग्रह गर्नेछ ।
कम्पनीले बोर्डसित मुस्ताङमा एक वर्षभित्रै ३ सय मेगावाट बिजुली उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले लगानीको स्रोत जुटाउन र एक वर्षभित्रै त्यति ठूलोमात्रामा विद्युत् उत्पादन गर्न सक्नेमा बोर्डकै अधिकारीले आशंका व्यक्त गरेका छन् ।
विश्व बैंकले नेपालमा हावाबाट बिजुली निकाल्न सकिने/नसकिनेबारेमा अध्ययन गराएको थियो । अध्ययनबाट मुस्ताङ र मनाङ जिल्लामा हावाबाट ३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने निष्कर्ष निक्लिएको थियो ।
यही निष्कर्षका आधारमा कम्पनीले ती जिल्लामा हावाबाट बिजुली निकाल्ने आयोजना निर्माण गर्ने प्रस्ताव अघि बढाएको हो । ती जिल्लामा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म ठूलोमात्रामा बिजुली निकाल्न मिल्ने गरी हावा चल्छ ।
तर मुलुकमा साँझ ६ बजेदेखि ९ बजेसम्म बढी बिजुलीको माग छ । अरू बेला बिजुलीको माग कम भएकाले हावाबाट बिजुली निकाल्ने कम्पनीको प्रस्ताव त्यति आकर्षक नभएको ऊर्जा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

Leave a Comment