यस्तो छ विश्वको सबैभन्दा पातलो स्मार्टफोन
ताइवानको टेक्नोलोजी कम्पनी आसुसले शुक्रबार भारतको आगरामा आफ्नो जेनफोन जुम स्मार्टफोन लन्च गरेको छ ।आसुस जेनफोन जुम ३X अप्टिकल जुमवाला दुनियाँको सबैभन्दा पातलो स्मार्टफोन हो । यसलाई करिब ६५ हजार नेपाली रुपैयाँ पर्नेछ ।
भारतीय बजारमा भने यसलाई ई-कमर्स साइट फ्लिपकार्टबाट खरिद गर्न सकिनेछ । यो स्मार्टफोन फेब्रुअरी महिनाबाट बजारमा आउँदैछ । यसलाई बिक्रीका लागि आसुसको स्टोरमा उपलब्ध गराइनेछ । स्मार्टफोनसँगै यसको जेनफ्ल्यास र एकवटा ट्राईपड पनि करिब ७० हजार रुपैयाँमा खरिद गर्न सकिनेछ ।
त्यसो त बजारमा यस्ता कयौं स्मार्टफोन उपलब्ध छन जुन अप्टिकल जुमले सजिएका छन् । तर आसुसको यो स्मार्टफोन क्यामेरा होइन, फोनमा आँखा लाग्छ । आसुस जेनफोन जुम १२x (३x अप्टिकल, ४x डिजिटल) जुमका साथ आउनेछ ।
आसुसका सिईओ जेरी शेनले बताए अनुसार आजका स्मार्टफोन प्रयोगकर्ताका लागि फोटोग्राफी एकदमै महत्वपूर्ण कुरा हो । जेनफोन जुम एक अद्भुत हेन्डसेट हो जो मानिसको जीवनशैलीसँग बिल्कुल फिट हुनसक्छ ।
आसुस जेनफोन जुमको सबैभन्दा राम्रो विशेषता १३ मेगापिक्सेलको पिक्सलमास्टर रियर क्यामेरा हो । जुन १० एलिमेन्ट लेन्सका साथ आउँदैछ ।
यसमा अप्टिकल इमेज स्टेबलाइजेसन फिचर पनि रहेको छ । जेनफोन जुममा आसुसको लेजर अटो-फोकस प्रविधि पनि रहेको छ । जसले फोटो खिच्ने क्रममा मात्र ०.०३ सेकेन्डमा फोकस गर्न सक्छ । आसुस जेनफोन जुमले ५२ मेगापिक्सलको रिजोल्युसनको तस्बिर लिन सक्छ ।
आसुस जेनफोन जुम स्मार्टफोनमा सुटिङ, रेकर्डिङ र टेलिफोटो अपरेशनका लागि अलग अलग बटन राखिएको छ । यसको युनिबडी फ्रेमलाई मेटालिक फिनिसिङ दिइएको छ ।
अब कुरा गरौं, यसको विशेषताको जेनफोन जुममा २.५ गिगाहर्ज ६४ बिट जेड ३५९० इन्टल सुपर क्वाड-कोर सिपियू, ४ जीबीको एलपीडीडीआर थ्री र्याम र १२८ जीबीको इनबिल्ट स्टोरेज क्षमता छ ।
यसमा १२८ जीबीसम्मको माइक्रोएसडी कार्डलाई पनि यसमा प्रयोग गर्न सकिन्छ । यो वाई-फाई डाइरेक्ट, ब्लूटथ ४.०, ८०२.११ एसी, जीपीएस कनेक्टिभिटीसहि उपलब्ध हुनेछ ।
यसयमा एउटा माइक्रो सिम लाग्छ । आसुस जेनफोनमा एक्सेलेरोमिटर, प्रोक्सिमिटी, एन्बियन्ट लाइट, गायरो, डिजिटल कम्पास र होल इफेक्ट सेन्सर पनि राखिएको छ ।
यसलाई विद्युत दिने काम ३ हजार एमएएचको ब्याट्रीले गर्नेछ । यो स्मार्टोफोन एन्ड्रोइड ५.० ललीपपले चल्नेछ । जसमा आसुस जेनयुआई प्रयोग गरिएको छ ।

Leave a Comment