राजेन्द्र महतो भारतीय भएको प्रमाण, किर्ते गरेर बनाएको नेपाली नागरिकता खारेजी हुने
काठमाडौँ, १८ पुस ।
तराई–मधेसमा आन्दोलन जारी राखेको मधेसीमोर्चाका एक नेता राजेन्द्र महतोले झुट्टो विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै उनलाई कानुन वमोविज कारवाही प्रक्रिया अघि बढाउन युवा संघ नेपालका मधेस व्यूरो प्रमुख संजिवकुमार झाले गृहमन्त्रालयमा निवेदन दर्ता गराएका छन् ।
शनिवार गृहमन्त्रीलाई भेट गरी झासहितको टोलीले महतोलाई कानुन वमोजिम कारवाही गर्न माग गरेको छ । निवेदनमा झाले आफुहरु नेपाल भूमिमा सयौँ वर्षदेखि वसोवास गर्दै आएको मूल मधेसी समूदायको नागरिक भएको उल्लेख गरेका छन् । उनले महतोलगायतका केही नेताले तथाकथित मधेसको नेता भएको भ्रम फैलाएर मधेसी जनताको हितमा भन्दा पनि आफ्नो हितमा काम गरेको भन्दै त्यस्ता भ्रष्ट व्यक्तिलाई कारवाही गर्न माग गरेका छन् ।
महतोले सर्लाही बबरगंज गाविस स्थायी ठेगाना राखी जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट आफु नेपाली नागरिक भएको झुट्टा विवरण पेस गरी नागरिकता लिन सफल भएको झाले निवेदशनमा उल्लेख गरेका छन् । ‘निज महतोको नेपाली नागरिकता किर्ते र झुट्टा भएकाले कारवाही हुन यस अगाडि पनि पटक–पटक उजुरी परी कारवाही प्रक्रिया समेत अघि बढेका बुझिन आएको छ,’ उनले निवेदनमा उल्लेख गरेका छन्, ‘यसै क्रममा निजको नागरिकताको समवन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गृहमन्त्रालयलाई पत्राचार गरेको र सो आधारमा गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई छानविनबारे सोधि पत्राचार भएको थियो ।’
निवेदनमा उल्लेख भए अनुसार महतोले २०६९ जेठ २९ मा गृहमन्त्रालय, जिल्लाप्रशासन कार्यालय, नागरिकता तथा हातहतियार शाखालाई समेत कुनै अभिलेख फेला नपरेका भन्दै भनी जानकारी दिएका थिए । तत्कालीन समयमा उनी नेपाल सरकारको मन्त्री भएकाले छानविन गर्न समेत बाधा पुगेको निवेदनमा उल्लेख छ । उनले अहिले पनि झुट्टा नागरिकता लिएर नेपालमा सद्भाव विथोल्ने काम गरेको भन्दै झाले त्यस्ता व्यक्तिलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।
निवेदशनमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले महतोलाई मन्त्रीपरिषद्को सदस्य रहेको बाहनामा उनको कारवाही प्रक्रिया अघि बढाउन आलटाल गरेको भन्दै उनीमाथि पनि कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ । निवेशनमा किर्ते नागरिकताका आधारमा प्राप्त गरेको जिन महतो र तत्कालीन प्रजिअ र उनीहरुको परिवारका नाममा रहेको चल–अचल सम्पत्ति जफत गरी राज्यकोषमा दाखिला गराउन पनि माग गरिएको छ ।
त्यसैगरी निवेदनमा महतोले प्राप्त गरेको नागरिकता नागरिकता ऐन, २०६३ को दफा १४ वमोजिम अविलम्व रद्द गर्न र उनलाई नेपाली नागरिकबाट हटाउन पनि माग गरिएको छ । निवेदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भेदभावपूर्ण कार्य गरेको भन्दै उक्त निकायलाई पनि प्रक्रिया अघि बढाउन माग गरिएको छ । निवेदन बुझ्दै गृहमन्त्री शक्ति बस्नेतले कानुन वमोजिम कारवाही प्रक्रिया अघि बढाउँन कुनै कसुर बाँकी नराख्ने बताएका थिए ।

Leave a Comment