अब दाउराको आगोबाट पनि बिजुली उत्पादन : हेर्नुहोस् भिडियोसहित

एजेन्सी । हामी इन्धन अभावका कारण चरम समस्या भोगीरहेका छौं । जलस्रोतको धनी देश भएर पनि पर्याप्त विजुलीको प्रयोग गर्न पाईरहेका छैनौं । तर मानिसहरुले विभिन्न विकल्पहरु खोज्न भने छाडेका छैनन् ।

यसै विच दाउरा बालेर विजुली उत्पादन गर्ने यन्त्र वैज्ञानिकहरुले विकास गरेका छन् ।
हामीसँग ग्यासको विकल्प दाउराको जोहो गर्ने गरेका छौं । त्यही दाउराबाट विजुली उत्पादन हुन्छ भन्ने कुरा सुन्दा तपाईलाई पक्कै विश्वास नलाग्न सक्छ । तर त्यो उपकरण विश्व बजारमा आइसकेको छ ।
बैज्ञानिकहरुले खाना पकाउदा बालिने आगोबाट बिजुली निकाल्न सकिने सफल परीक्षण समेत गरी सकेका छन् ।
खाना पनि पाक्ने र त्यसबाटै विजुली उत्पादन गरी बत्ति बाल्न, मोबाइलका व्याट्री चार्ज गर्न सकिने उनीहरुले सफल परीक्षण गरेका हुन् । त्यसका लागि विशेष भाँडोको भने आवश्यकता पर्दछ । जसमा आगोको तापले पानी उम्लिएपछि करेन्ट प्रवाह हुने पद्धति जडान गरिएको हुन्छ ।
लोडसेडिङको त्यस्तै समस्या छ, यी यावत समस्याबाट छुटकारा पाउनका लागि यो पद्धति निकै नै उपयोगी सिद्ध मानिएको छ ।
तपाईलाई अझै विश्वास लागेन भने भिडियोमा हेर्नुहोस् :

No comments

Powered by Blogger.