अरुले छाडेका फिल्मबाट मालामाल दिपिका
तीन दिन अगाडि मात्रै ३० औं जन्मउत्सब मनाएकी बलिउड दीपिका पादुकोण गएको वर्ष बलिउडमा सबै भन्दा धेरै चर्चा पाउने नायिका बनिन् । एक वर्षमै उनले अभिनय गरेका ‘पीकु, तमाशा र बाजीराव मस्तानी’ गरि तीन चलचित्र रिलिज भएको थियो । धेरैलाई जानकारी नहुनसक्छ यी तिनै चलचित्रका लागि पहिलो रोजाईमा थिइनन्, दीपिका । यस्ता छन् अरुले छाडेका चलचित्र दीपिकाले काम गरेको मध्ये ८ बढी चलचित्रले एकसय करोडको कारोवार गरेको छ, तर ती सबै चलचित्रमा अन्य नायिकाले काम नगरेपछि मौका पाएकी थिइन् दीपिकाले । सञ्जयलीला भन्सालीले ‘बाजीराव-मस्तानी’मा काम गर्न ऐश्वर्या राय बच्चनलाई पहिलो प्रस्ताव राखे । त्यसपछि करिना कपुरलाई पनि प्रस्ताव राखे । ती दुबै नायिकाले आफु काम गर्न असमर्थ भएको जनाएपछि दीपिकालाई प्रस्ताव राखेका थिए । दीपिकाको करिअरमा अरुले छाडेको चलचित्र सबै भन्दा धेरै फापेको छ । औषत ब्यापार गर्न सफल चलचित्र ‘तमाशा’मा निर्देशक इम्तियाज अलीले पहिलो प्रस्ताव अनुश्का शर्मालाई राखेका थिए । अनुश्काले काम नगरेपछि मात्रै दीपिकाले काम गरेकी थिईन् । अर्को चलचित्र ‘पीकु’मा पनि पहिलो प्रस्ताब परिणीति चोपडालाई गरेका थिए निर्देशकले । दीपिकालाई चर्चामा ल्याउने भुमिका खेलको थियो ‘ह्याप्पी न्यु इयर’ले । उक्त चलचित्रकी निर्देशक फराह खानले पहिलो प्रस्ताब करिना कपुरलाई राखेकी थिइन् । त्यसो त अर्को चलचित्र ‘फाइन्डिङ फेनी’मा पनि सोनम कपुरलाई प्रस्ताब गएको थियो । ‘रामलीला’मा पनि निर्देशक सञ्जयलीला भन्सालीले करिना कपुरलाई प्रस्ताव गरेका थिए । करिनाले नमानेपछि मात्रै दीपिका अनुबन्ध भएकी थिइन् । रोहित शेट्टीको निर्देशन रहेको चलचित्र ‘चेन्नाइ एक्सप्रेस’मा पनि करिनाले काम नगरेपछि दीपिकाले मौका पाएकी थिइन् । ‘रेस-२’ मा पनि दीपिका पहिलो रोजाई होइनन् । निर्देशक अब्बास मस्तानले पहिला प्रियंका चोपडा, त्यसपछि सोनाक्षी सिन्हालाई प्रस्ताव राखेका थिए । अर्को चलचित्र ‘ककटेल’ पनि प्रियंकाले छाडेपछि मौका पाएकी थिईन् दीपिकाले । जेहोस्, अरु नायिकाले काम नगरेका चलचित्रमा खेलेर दीपिकाले बलिउडमा बक्स अफिस क्विनको उपाधी नै पाएकी छिन् ।

Leave a Comment