जस्टिन विवरको गीतबाट कती प्रभावित प्रियंका कार्कीको गीत(भिडियो)

नायिका प्रियंका कार्की अहिले गायिका बन्ने धुनमा छिन् । उनले सार्वजनिक गरेको गीत ‘स्वतन्त्रता’ले सामाजिक संजाल र युटुबमा राम्रो दर्शक बटुलेको छ ।
हुनत, नायिका कार्कीले आजसम्म कुनै पनि चलचित्रलाई एकल चलाउने खुबी राखेकी छैनन् । अन्य चर्चित कलाकारको साथमा आएका उनका चलचित्रले राम्रो व्यापार गरेपनि उनी नै मुख्य कलाकार रहेर काम गरेको ‘आवरण, सुन्तली’ जस्ता चलचित्रले निर्मातालाई पानी भन्न दिएनन् ।
चलचित्रमा कोरियाग्राफीदेखि गायकीसम्म नायिका कार्कीको यात्रालाई सबैले आ-आफ्नै तरिकाले विश्लेषण गरेका होलान् । उनै नायिका कार्कीले ५ दिन अगाडि सार्वजनिक गरेको ‘स्वतन्त्रता’ बोलको गीतले चर्चा पाइरहदा यो गीत एक अंग्रेजी गीतबाट प्रभावित देखिएको छ । फेसबुकमा अहिले यो गीतको प्रभावको बिषयमा केहीले आलोचना पनि गरेका छन् ।
पि्रयंकाको यो गीत युटुबमा राखिएपछि दर्शकले कमेन्ट गर्न नपाउने बनाइएको छ । कमेन्टमा नकारात्मक टिप्पणी धेरै आएपछि यसलाई रोकिएको छ ।
चर्चित हलिउड गायक जस्टिन विवरको आवाजमा रहेको ‘ब्यूटी’ बोलको म्युजिक र शैलीसँग प्रियंकाको ‘स्वतन्त्रता’ बोलको गीत धेरै हदसम्म मिलेको देखिन्छ । गीतमा संगीत शैलेस श्रेष्ठले दिएका छन् । प्रियंकाको गायकी शैली र संगीत जस्टिन विवरको गीतको धेरै अंशबाट प्रभावित देखिएको छ ।
हामीले यहाँ दुइवटै गीतलाई प्रस्तुत गरेका छौ । गीत कहाँ कसरी प्रभावित भएको छ, हेरेर छुट्टयाउने जिम्मा हामीले पाठकलाई दिएका छौ ।

No comments

Powered by Blogger.