पतिबाट ऋण असुल्न पत्नीसँग यौनसम्पर्क
एजेन्सी : भारतको महाराष्ट्र राज्यबाट सुन्दै लाज लाग्ने खबर बाहिर आएको छ । महाराष्ट्रको परभनी जिल्लामा एक जातीय पञ्चायतले यस्तै एउटा लाजमर्दो फैसला सुनाएको छ ।पञ्चायतको फैसलाले मानिसको शिर नै निहुरिने अवस्था आएको छ । करिब आठजना पञ्चले मिलेर एकजना महिलालाई सजायस्वरुप आफूहरुसँग यौनसम्बन्ध राख्नुपर्ने फैसला सुनाएका छन् ।
महिलाका पतिले लिएको ६ लाख ऋण चुक्ता गराउन पत्नीसँग यौनसम्बन्ध राख्न पाउनुपर्ने फैसला सुनाइएको हो । पतिले लामो समयसम्म ऋण तिर्न नसकेपछि पञ्चायले उनकी पत्नीको इज्जतबारे घिनलाग्दो फैसला सुनाएको हो ।
यस मामिलामा महाराष्ट्र अन्धश्रद्धा निर्मूलन समिति (एमएएनएस) ले हस्तक्षेप गरेपछि दम्पतिमाथि लगाइएको सामाजिक बहिष्कारको निर्णय हटाइएको छ।
यसका साथै पञ्चायतको लाजमर्दो फैसलालाई पनि समितिले भंग गरिदिएको छ । पञ्चायतको घिन लाग्दो सजाय सुनाइएका यी दम्पत्ति दीपक भोरे र उनकी पत्नी रहेका छन् । उनीहरु त्यहाँको ‘गोन्धली’समुदायका रहेका छन् ।
महाराष्ट्रको यस घटनालाई लिएर प्रशासनको चिन्ता पनि बढाएको छ । यसका साथै यी इलाकामा सरकारी संगठन पनि सक्रिय भइरहेका छन् ।
सरकारले त्यहाँको पञ्चायतले यसअघि पनि यस्तो लाजमर्दो फैसला सुनाइएको हुनसक्ने आशंका गरेको छ।
Leave a Comment