जिस्काउने केटालाई केटीको मुक्कै मुक्का
एजेन्सी: भारतको उत्तराखन्डस्थित रुद्रपुरमा एक युवालाई सार्वजनिक स्थानमा युवतीलाई जिस्काउँदा महंगो मूल्य चुकाउनपुरेको छ ।आफूलाई केही दिनदेखि निरन्तर यौनजन्य गतिविधिको संकेत गर्दै जिस्क्याइरहेका युवकमाथि पीडित युवतीले मुक्का बर्साएकी हुन् ।
शनिबार स्थानीय जगतपुर निवासी उनलाई अन्य दिनको जस्तै सडकमै उनीमाथि यौनजन्य संकेत गर्दै जिस्क्याएपछि उनले ती युवालाई पाठ पढाएकी हुन् ।
युवतीले आफूलाई नजिस्काउन भन्दै चप्पल हान्ने भन्दा पनि हात पक्रन आएपछि ती युवाले कुटाइ खाएका हुन् ।
युवतीले यो पटक हिम्मत जुटाउँदै युवाको गर्दन समातेर सयौं मानिसको अगाडि रामधुलाई गरेकी हुन् ।
युवतीले आफूलाई जिस्काउने युवालाई पक्रेर गोदेपछि घिसार्दै प्रहरी कार्यालयमा लगिन् । त्यहाँ रहेका केही साना बालबालिकाले उनलाई साथ दिएका थिए ।
तर उदेक लाग्दो कुरा भने त्यहाँ उपस्थित सयौं बयस्क मानिसहरु भने रमिता हेरे बसिरहे । युवतीको मद्दतमा कोही पनि अघि सरेनन् ।
रुद्रपुरमा यी युवतीले देखाएको बहादुरीको अहिले भारतमा पनि चर्चा भइरहेको छ ।
Leave a Comment