क्लोजअपको भ्यालेन्टाइन्स डे विशेष योजना

क्लोजअप टुथपेस्ट ब्रान्डले भ्यालेन्टाइन्स डेमा युवा जोडीका लागि विशेष वातावरण बनाउन 'गेट क्लोजर एन्ड स्प्रेड द लभ' (नजिक आई माया फैलाऔँ) भन्ने नाराका साथ लभ फेस्ट योजना सुरु गरेको छ।

विगत वर्षहरूजस्तै यो वर्ष पनि लभ मेसेज फेस्टले नै सिभिल मलमा फेब्रुअरी १३ मा हुने क्लोजअप लभ फेस्टलाई अगाडि बढाउने कम्पनीले जनाएको छ।
यस फेस्टमा क्लोजअप लभ मेसेजबाट पाँच उत्कृष्टलाई सामसुङ ग्यालेक्सी ट्याब प्रदान गरिनेछ र उत्कृष्ट मायाका सन्देश राष्ट्रिय दैनिक पत्रिकामा पनि प्रकाशित गरिने कम्पनीले जनाएको छ।

यसमा सहभागी हुन इच्छुकले फेब्रुअरी १० भित्रमा आफ्नो लभ मेसेज पठाइसक्नुपर्नेछ।

त्यसका लागि म्गासेज बक्समा गएर क्लोजअप लेखेर स्पेस दिई लभ मेसेज टाइप गरी ७००१ मा वा डब्लूडब्लूडब्लू डट फेसबुक डट कम÷क्लोजअप नेपाल मा पठाउनुपर्ने कम्पनीले जनाएको छ।

No comments

Powered by Blogger.