मजदुरको तलब बढायो कोरियाले

दक्षिण कोरिया सरकारले मजदुरका लागि नयाँ तलब लागू गरेको छ ।कोरिया सरकारले २०१६ का लागि ८.१ प्रतिशतले तलब बढाएको छ । यो तलब वृद्धि कम भएको भन्दै मजदुर संगठनले चर्को विरोध गरिरहेकै बेला सरकारले लागू गरेको हो । ज्याला न्युनतम निर्धारण समितिले गन जुलाइको पहिलो साता २०१६ का लागि ८.१ प्रतिशत पारि श्रमिक वृद्धि गर्ने निर्णय गरेको थियो । 
 
न्युनतम ज्याला निर्धारण समितिले गरेको सोही सिफारिसलाई अगस्ट ५ मा सरकारी अनुमोदन पश्चात जनवरी १ देखि लागू भएको छ । लागू गरिएको नयाँ पारि श्रमिकबाट कामदारले प्रतिघन्टा ६ हजार ३० वन प्राप्त गरेका छन् । तर, मजदुर युनियनहरूले ७९ प्रतिशत तलब वृद्धिको माग गर्दै प्रतिघन्टा १० हजार वनको माग गरिरहेका छन् ।
 
वृद्धिसँगै कायम भएको न्युनतम मासिक तलब १२ लाख ६० हजार दुई सय ७० वन र संसद्मा पेश गर्न लागिएको श्रम बजार सुधार विधयकप्रति गम्भीर आपत्ति राख्दै (कोरियन कन्फिडेरेसन अफ ट्रेड युनियन)केसीटीयू विरोध गरिरहेको छ । 
 
सरकार विरोधी गतिविधि गरेको र विरोध र्‍यालीले सडक आवागमनमा बाधा पुर्‍याएको मुद्दामा संगठनका अध्यक्ष हान सांग ग्यऊनलाई स्वेच्छिक गिरफ्तारीका लागि सरकारद्वारा वाध्य पारिएको थियो ।
 
मजदुर अधिकार कटौती र कम्पनीप्रति सरकार बफादारी देखिएको भन्दै मजदुर संगठन बर्तमान सरकारप्रति रुष्ट देखिएका छन् । केसीटीयूको गत २० वर्षको अवधिमा कुनै पनि अध्यक्षले पूरा कार्यकाल संगठन सञ्चालन गर्न सकेका छैनन् । तीन वर्षे कार्यकाल हुने उक्त संगठनका अध्यक्षलाई सरकारले कार्याअवधिमै गिरफ्तारी वा राजीनामा दिन वाध्य पार्ने गरेको छ । केसीटीयूको आन्दोलनप्रति प्रवासी मजदुर युनियनले साथ दिएको छ ।
 
हरेक वर्षका लागि ज्याला वृद्धिको निर्णय जुन महिनाको अन्तिम साता गरिसक्नु पर्ने प्रावधान छ । त्यसबखत ज्याला निर्धारण समितिको बैठकमा मजदुरले अडान नछोडेपछि मतदान प्रक्रियाबाट टुंगो लगाइएको थियो । ज्याला निर्धारण समितिमा रहेका मजदुर संगठनका प्रतिनिधिले मतदान प्रक्रिया बहिष्कार गरी असन्तुष्टि जनाएका थिए ।
 
स्वदेशी र ईपीएस प्रणालीमार्फत आएका १६ देशका विदेशी कामदार तलब वृद्धिले प्रत्यक्ष लाभान्वित भएका छन् । न्युनतम मासिक तलब १२ लाख ६० हजार दुई सय ७० वनले हालको विनिमय दर अनुसार मजदुरले 'बेसिक' तलब एक लाख १५ हजार रुपयाँभन्दा बढी प्राप्त गर्नेछन ।
 
इन्फोलागू गरिएको नयाँ पारि श्रमिकबाट कामदारले प्रतिघन्टा ६ हजार ३० वन प्राप्त गरेका छन् ।

No comments

Powered by Blogger.