छोटा र ओपन लूगा लगाउन नपाउँदा दिक्क लागेको छैन ?

काठमाण्डौमा चिसो झनै बढेको छ । आज र भोली पानी पर्न सक्ने संभावना रहेको छ । पानी परेको खण्डमा अझ चिसो हुनेछ । गर्मी मौसममा छोटा र ओपन प्रकारका लूगा लगाएर हिड्ने चलचित्र क्षेत्रका नायिकाहरु जाडोमा के दिक्क होलान् ।
कहिले गर्मी मौसम लाग्ला र त्यस्ता पहिरन लगाउन पाइएला भन्ने सोच पनि होला । हुनत, केही नायिकाले त जाडो र गर्मीको कुनै  प्रवाहा नगरि, खुलेका पहिरन लगाइरहेका छन् । हामीले चलचित्र क्षेत्रका केही यस्ता नायिकाहरुलाई यो बिषयमा सोध्यौ, जो प्राय फोटोसुट र चलचित्रमा हट अवतारमा देखिन्छन् । उनीहरुलाई छोटा र ओपन लूगा लगाउन नपाउँदा दिक्क त लागेको छैन । हेर्नुहोस् कसले के जवाफ दिए ?

सुष्मा कार्की-
मलाई त जाडो महिना खुबै मनपर्छ । यो जाडोमा बाक्लो लूगा लगाउन पाइन्छ । त्यो पनि जाडोमा अझ थरी-थरीको लूगा लगाउन पाइन्छ । खतरा लूगा हुन्छ नी चिसोको त । हाइनेक, पाइन्ट बुट लगाएर हिड्छु म, जुन मलाई मनपर्ने पहिरन हुन् । त्यसमाथि जाडोमा बिहान उठेर चिया खानुको मजा नै बेग्लै छ । सानो पसलमा गएर चिया खान अझ मनपर्छ ।

सुरविना कार्की-मोडल तथा नायिका
मलाई चिसो मौसम नै मनपर्छ । म गर्मी मौसममा पनि त्यस्तो छोटो लूगा त लगाउँँदिन । ओपन लूगा लगाउँदा गर्मीमा झनै छाला डड्ने हुन्छ, यसैले पनि म त्यस्तो ओपन लूगा लगाउदिन । यसैले जाडो मौसममा छोटा लूगा लगाउन नपाएर त्यस्तो कुनै  समस्या परेको छैन । म सुटिङ, फोटोसुट, कुनै कार्यक्रममा पुग्दा मात्र छोटो लूगा लगाउँछु । तर, सामान्य तरिकाले हिड्दा त्यस्तो  पहिरन लगाउदिन ।

बर्षा सिवाकोटी-मोडल तथा नायिका
हामी कलाकारहरुलाई कपडाको कुनै मौसम नै हुँदैन । सुटिङका क्रममा जती जाडो भएपनि खुलेका र छोटा लूगा लगाउनुपर्ने हुन्छ । पानी चलाउन, नुहाउन पर्ने हुन्छ । दिन छोटो भएकाले पनि काम गर्न गाह्रो हुन्छ र दुख पनि पाइन्छ । म मुख्य दुखी त यो बिषयमा छु । कपडा त मौसम अनुसार लगाउने हो, यसैले जाडो कहिल्यै जाला भन्ने सोच आएको छैन

No comments

Powered by Blogger.