बिदेशिले नेपालीका निम्ती तयार पारेको खतरा भिडियो

हालै विश्व भ्रमण गन्तव्यमा नेपाल पहिलो नम्बरमा परेको खबर आएसँगै यसक्षेत्रमा आएका पर्यटकले भने नेपालबारे कस्तो अनुभव गर्छन् यो टड्कारो प्रश्नको रुपमा उब्जिएको छ । यसैलाई मनन गर्दै काठमाडौं उपत्यकामा भेटिएका विदेशी पर्यटकसँग मिडिया एनपीले जिज्ञासा राखेको छ । मिडिया एनपीको जिज्ञासामा उनीहरुले नेपाल जति सुन्दर र घुम्नका लागि योग्य छ त्यत्तिकै यहाँका मान्छेहरुको स्वभाव पनि राम्रो रहेको प्रतिक्रिया दिए ।
भूकम्पका कारण भत्किएका संरचनाको तत्काल पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका उनीहरुले पर्यटकीय क्षेत्रबाट उठेको रकम यही क्षेत्रमा सदुपयोग गर्नुपर्ने सुझाव दिए । नेपाल पर्यटकीय क्षेत्रको स्वर्ग मानेका नेपाल भ्रमणमा आएका ती पर्यटकले भूकम्प पछिको अवस्थामा जति राम्रो र सुन्दर देखिएको छ यसको पुनर्निर्माणपछिको अवस्था झनै उत्कृष्ट हुने बताए ।
नेपालीको बानी व्यहोरा, बोलीचाली तथा सहयोगी भावनाबाट प्रभावित उनीहरुले सगरमाथा बाहेक नेपालको अन्य पक्षको बाहिर प्रचार प्रसार नभएको अनुभव सुनाए । उनीहरुले नेपालको पर्यटकीय क्षेत्रको बारेमा बाह्य मुलुकहरुमा व्यापक प्रचारप्रसारको आवश्यकता रहेको सुझाव दिए ।
नेपालमा रहेको संस्कृति तथा परम्पार निकै राम्रो मानेका ती पर्यटकले नेपालमा रहेको ऊर्जा संकटले पर्यटकीय क्षेत्रमा निकै असर पारेको बताए । ऊर्जा संकट अन्त्य गरी हवाई मार्गलाई भन्दा स्थलमार्गलाई प्रोत्साहन दिनु पर्ने सुझाव दिएका उनीहरुले यातायात क्षेत्रको भाडा निकै महङ्गो रहेको गुनासो पनि गरे ।
नेपालमा खाना निकै राम्रो रहेको उल्लेख गर्दै उनीहरुले ठूला तथा अत्याधुनिक रुपमा खोलिएका रेष्टुरेण्टमा भन्दा परम्परागत शैलीमा खोलिएका रेष्टुरेण्टमा खाना मिठो र आनन्ददायी वातावरण रहेको अनुभव सुनाए । भारतको तुलनामा सकडमा माग्न बसेकाले पर्यटकलाई दुःख दिन कम भएपनि यसलाई नेपाल सरकारले रोक्न सके राम्रो हुने ती पर्यटकको भनाइ छ ।

No comments

Powered by Blogger.