सामसुङलाई टक्कर दिने शाओमीको स्मार्टफोन

चिनियाँ मोबाइल कम्पनी शाओमीले कोरियन कम्पनी सामसुङका स्मार्टफोनलाई टक्कर दिने गरी नयाँ स्मार्टफोन ल्याएको छ।


लामो समयदेखि प्रबिधि बजारमा चर्चाको विषय बनेको शाओमीको आउन लागेको स्मार्टफोन एमआई फाइभबारे चुहिएका सूचनाले मिडिया रिपोर्ट्समा चर्चा चुलिएको छ ।
यो स्मार्टफोनबारे चुहिएको सूचना अनुसार यसको एउटा फिचर २.५ डी कर्व्ड ग्लास र अहिलेसम्मको सबैभन्दा सानो र तीब्रगतिको प्रोसेसर हुनेछ ।

यो स्मार्ट फोनबारे आएको जानकारी अनुसार चीनको चर्चित वेबसाइट गिज्मोचाइनाले तथ्य सार्वजनिक गरेको छ । यो वेबसाइट यो सेटको तस्बिर पनि सार्वजनिक गरेको छ ।
गिज्मोचाइनाले देखाएको एउटा तस्बिर शाओमी एमआई फाइभको भएको जनाएको छ । यो तस्विरमा प्रष्टरुपमा एमआई फाइभमा २.५ डी कर्व्ड ग्लास रहेको देख्न सकिन्छ ।

एमआई फाइभ कर्व्डसहित आउन लागेको तथ्य पहिलो पटक सार्वजनिक भएको हो ।

यो तस्बिरमा स्मार्टफोनको अफ व्हाइट वेरिएन्ट देखिएको छ । जसमा २.५ डी कर्व्ड ग्लास देखिएको छ । तस्बिरमा एक होम बटन पनि देखिएको छ। जसमा फिङ्गरप्रिन्ट सेन्सर पनि राखिएको हुनेछ ।

साथै स्मार्टफोनमा एमआईको लोगोमाथि तर्फ ३.५ एमएमको अडियोज्याक राम्री देख्न सकिन्छ ।
प्रविधि समाचार अनुसार यो फोन एमआई फाइभमा ५.२ इन्चको स्क्रिन हुनेछ । यसमा सामसुङको ग्यालेक्सी एस सेभेनको भन्दा शक्तिशाली क्यामेरा हुनेछ ।

सामसुङले ग्यालेक्सी एस सेभेनमा १२ मेगापिक्सेलको क्यामेरा राखेको छ भने यो सेटमा १६ मेगापिक्सेलको क्यामेरा हुनेछ । यसको फ्रन्ट क्यामेरा नै १३ मेगापिक्सेलको हुनेछ । जबकि सामसुङ ग्यालेक्सी एस सेभेनको रियर क्यामेरा नै १२ मेगापिक्सेलको हुनेछ ।

यसका अलावा यो स्मार्टफोनमा ४ जीबी र्‍याम हुनेछ । यो फोन १५ जीबी र ६४ जीबी वेरियन्ट्समा उपलब्ध हुनेछ ।

चुहिएको विवरण अनुसार यो फोनमा ३०३० को शक्तिशाली ब्याट्री उपलब्ध हुनेछ । यो फोन ५.१. ललीपपको आधारमा एमआईयुआईमा काम गर्नेछ । यो फोनमा फिङ्गरप्रिन्ट स्क्यानर टेक्नलोजीको प्रयोग गरिएको छ।

No comments

Powered by Blogger.