पारसले यस्तो किन लेखे ?

काठमाडौं । पूर्व युवराज पारस शाहले आफूले कसैमाथि शासन गर्ने चाहना नराखेको बताएका छन् । पछिल्लो समय राजावादीहरुको सक्रियता बढिरहेको बेला पारसले भने आफू आफू राजा बनेर कसैमाथि शासन गर्ने चाहना नभएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू राजा बन्न नचाहेको र कसैमाथि शासन गर्न पनि नचाहेको उल्लेख गरेका छन् । बेला बेलामा राजतन्त्रको पुनस्र्थापनाको बहसहरु भइरहने गरे पनि पूर्व युवराज पाससले आफू राजा बन्ने चाहना नराखेको बताएका हुन् ।

आफूले यसअघि पनि यसबारेमा प्रष्ट पारेको र फेरि पनि प्रष्ट पार्न चाहेको पारसले आफ्नो स्टाटसमा लेखेका छन् । राजवादी शक्तिहरुले नै पारसलाई राजा बन्न उक्साएको कारणले उनले यसो लेखेको हुन सक्ने आशंका गरिएको छ भने राजावादीहरुको कुटनीतिक चाल भएको हुन सक्ने पनि आशंका उत्तिकै  गरिएको छ ।

लागू औषधको लतमा लागेका पारस लामो समय थाइल्याण्डको बैंककमा बस्दै आएका थिए । बैंककमा रहँदा उनले थाई युवतीसँग प्रेम सम्बन्ध समेत गाँसेका थिए । लागू औषधको लतमा रहेका उनलाई पुनस्र्थापना केन्द्रमा समेत राखिएको थियो । बैंककमा रहँदा लागू औषधको कारोबारीसमेत भएको भन्दै पटक पटक जेल परेका थिए 

No comments

Powered by Blogger.